मलाई डोटेली भाषा मन पर्छ : दिपकराज बोहोरा

काठमाडौं,१३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गर्नु भएको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले आफू कञ्चनपुर–२ बाट निर्वाचित भएकोले आफूलाई डोटेली भाषामा बोल्न मन लागेको सुनाउनु भएको हो ।
उहाँले भन्नु भयो, ‘मलाई डोटेली भाषा मन पर्छ । डोटेली भाषामा बोल्न मन लागेको थियो । तर, थाहा पाएँ अस्तिमात्रै मेरो साथी मनिष झाले मैथलीमा बोल्दा दस्तावेजीकरण हुँदो रहनेछ, अबदेखि संसद्मा दस्तावेजीकरण गरियोस ।’

संसद् सचिवालयमा जनशक्ति कम भए सांसद आफैंले संसद्मा बुझाउने व्यवस्था गर्न आग्रह गर्नुभयो । साथै उहाँले सुदूरपश्चिम प्रदेशका धेरै नागरिक रोजगारी तथा विदेश जाने प्रक्रियाका कारण भारतमा बस्न बाध्य भएको बताउनु भयो ।

उहाँले सुदूरपश्चिमका धेरै मानिसहरू वैदेशिक रोजगारीका लागि वा काठमाडौं आएर प्रक्रिया पूरा गर्न नसक्दा भारतमै बसिरहेको बताउनु भयो ।
उहाँले भनन्नु भयो,‘सुदूरपश्चिमका धेरै मानिसहरु भारतमा छन् । वैदेशिक रोजगारीका लागि भनौं या विदेश जान काठमाडौं आउन नसकेर भारतमा छन् । ती मानिसहरुको न श्रम स्विकृती छ, न बीमा छ रु कति नेपालीहरु भारतमा छन् त्यसको तथ्यांक समेत सरकारसँग छैन ।’

उहाँले भारतमा रहेका नेपाली कामदारहरूसँग श्रम स्वीकृति तथा बीमाको व्यवस्था नभएको उल्लेख गर्दै सरकारसँग त्यहाँ रहेका नेपालीको यथार्थ तथ्यांकसमेत नरहेको बताउनु भयो । उहाँले भारतमा रहेका नेपाली श्रमिकको अवस्था र सुरक्षाप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वीरगन्जका मेयर सिंहलाई पक्राउ गर्न प्रहरी परिचालन

वीरगन्ज ,१३ जेठ। किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र

डि पि एल उर्लाबारी द्वारा निःशुल्क दन्त शिविर सम्पन्न

उर्लाबारी, १३ जेठ  । उर्लाबारी वार्ड नं। १ स्थित सुन्दह इङ्गलिस बोर्डिङ स्कूलमा डि पि एल उर्लाबारीको आयोजना र ॐ शान्ति डेन्टल हस्पिटल, दमक ५,

हामी पुर्जा वितरणको तयारमा थियौं तर दुईतिहाईको सरकारले डोजर चलायो

काठमाडौं,१३ जेठ । सरकारले विना विकल्प सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाएको भन्दै सरोकारवालाहरुले विरोध जनाउनु भएको छ। उहाँरुले सरकारको नेतृत्व गरेको पार्टीका सभापति

लगानीको अभिभावकत्व लिने व्यवस्था राख्नुपर्छ : पाण्डेको माग

काठमाडौं,१३ जेठ । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको संविधानमै नागरिक तथा लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताउनु भएको छ । राज्यले लगानीको

बत्तीमा तेल कम भए पनि यो निभ्नेवाला छैन :सीपी गजुरेल

काठमाडौं,१३ जेठ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव सीपी गजुरेलले २५ औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस तथा पुरस्कार–सम्मान समारोहमा सम्बोधन गर्दै जनयुद्ध, क्रान्ति

प्रतिनिधिसभामा ’चलचित्र विधेयक, २०८२’ प्रस्तुत, सैद्धान्तिक छलफल सुरु

काठमाडौँ,१३ जेठ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले ’चलचित्र विधेयक, २०८२’ छलफलका लागि प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। बुधबार बसेको बैठकमा मन्त्री तिमल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको उक्त