उर्लाबारी, १३ जेठ । उर्लाबारी वार्ड नं। १ स्थित सुन्दह इङ्गलिस बोर्डिङ स्कूलमा डि पि एल उर्लाबारीको आयोजना र ॐ शान्ति डेन्टल हस्पिटल, दमक ५, झापाको समन्वयमा निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय समुदायका बालबालिका लगायत सर्वसाधारण जनताले निःशुल्क दाँत परीक्षण, उपचार र मुख स्वास्थ्य सम्बन्धी जानकारी प्राप्त गरे।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उर्लाबारी वार्ड नं। १ का वडाध्यक्ष श्री तिलक कुमार पाण्डे, विशिष्ट अतिथिको रूपमा डि।पि।एल नेपालका अध्यक्ष श्री दुर्गा प्रसाद खतिवडा र महासचिव श्री कमल गैरे, तथा अतिथिको रूपमा डि।पि।एल नेपालका त्भभलक ऋययचमष्लबतयच श्री सुभम सिग्देल लगायत अन्य गणमान्य अतिथिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अवसरमा डि पि एल उर्लाबारीले दन्त शिविरमा उल्लेखनीय सहयोग पुर्याएबापत ॐ शान्ति डेन्टल हस्पिटललाई प्रदान गरी सम्मान गरियो।
यसै अवसरमा डि।पि।एल उर्लाबारीले उक्त विद्यालयमा ११ सदस्यीय गठन गर्यो। डि पि एल उर्लाबारीका उपाध्यक्ष श्री सन्देश धिमालको संयोजकत्वमा गठित उक्त क्लबमा कक्षा ४ मा अध्ययनरत छात्र अनमोल कार्की संयोजक र कक्षा ५ मा अध्ययनरत छात्र सुजल बराइली सह संयोजकको जिम्मेवारीमा रहनेछन्।
गठनमार्फत विद्यालयका विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्ने र सामुदायिक स्तरमा साक्षरता अभियानलाई अझ सुदृढ बनाउने डि पि एल उर्लाबारीको लक्ष्य रहेको संस्थाका पदाधिकारीहरूले जानकारी दिनु भयो।









