सर्पको टोकाइबाट ३ वर्षीय बालकको मृत्यु

सर्लाही,१४ जेठ । सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही रहेको आरोप लगाउँदै अस्पतालमा होहल्ला गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार साँझ करिब ६ः३० बजेतिर लक्ष्मीपुर निवासी रवीन्द्र गिरीका ३ वर्षीय छोरा आदित्य गिरी आफ्नै घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।

 

अस्पतालमा उपचारकै क्रममा साँझ ७ः५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । बालकको मृत्यु भएपछि आफन्तजन अस्पताल पुगेर चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै विरोध जनाएका थिए ।
स्थिति नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको कमान्डमा २५ जनाको प्रहरी टोली खटिएको थियो । पछि प्रहरीको सम्झाई बुझाइपछि अवस्था सामान्य बनेको थियो । राति करिब ९ः५० बजे कानुनी प्रक्रिया पूरा गरी मृतक बालकको शव उनका बुबाले बुझि लगेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले