गणतन्त्रको रक्षामा एकजुट हुन अध्यक्ष ओलीको आग्रह

काठमाडौं,१५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा भएको बताउनु भएको छ्। शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उहाँले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको उल्लेख गर्नु भयो। उहाँले आजभन्दा १८ वर्षअघि नेपाली जनताले निर्वाचित संविधानसभाबाट गणतन्त्र घोषणा भएको स्मरण गर्दै बोल्ने, लेख्ने, संगठित हुने र राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्न हजारौं अग्रजले जीवन अर्पण गरेको बताउनु भयो।

 

ओलीले हुकुमी शासनको अन्त्यपछि कानुनबाट चल्ने लोकतान्त्रिक प्रणाली स्थापना भएको उल्लेख गर्दै जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने धारणा राख्नु भयो। उहाँले अमर शहीद तथा अग्रजहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउनु अहिलेको आवश्यकता भएको बताउनु भयो। उहाँले गणतन्त्र केवल शासन प्रणाली परिवर्तन नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताउनु भयो। ‘गणतन्त्र– शासन प्रणाली परिवर्तनको मात्रै विषय थिएन, यो नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण पनि थियो। शताब्दीयौँसम्म ’प्रजा’ भएर बाँचेको समाज, आफैंले बनाएको संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको थियो। परिवर्तित अभ्यासमा परिपक्वता आउन अवश्य पनि लामो समय लाग्छ, हामीले पनि त्यस्तै अनुभव गरेका छौं,’ उहाँले भन्नु भयो।

 

ओलीका अनुसार स्थानीय तहसम्म राज्यको पहुँच विस्तार हुनु, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको प्रतिनिधित्व बढ्नु, अभिव्यक्ति स्वतन्त्रता, डिजिटल सेवा पहुँच, सडक तथा सञ्चार विस्तार गणतन्त्रका महत्वपूर्ण उपलब्धि हुन्।
यद्यपि परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै उनले असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक प्रणालीभित्रै सम्भव हुने बताउनु भयो। उहाँले भन्नु भयो, ‘हामीले चाहेजति तीब्र हुन सकेको छैन। त्यस्तो गति सामाजिक चेतनामा भर पर्छ। चाहेजति गतिमा परिवर्तन हुन नसक्दा प्रणालीसँगै असन्तुष्टि हुन पनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रूपमा सम्बोधन गर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ।’ उहाँले जनताको निराशालाई प्रयोग गरेर लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने प्रवृत्तिप्रति सचेत गराउँदै संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको संरक्षणलाई गणतन्त्रको रक्षा भएको बताउनु भयो।

 

ओलीले लोकतान्त्रिक संस्थाहरू कमजोर भए समाज र जनताको भविष्य नै असुरक्षित बन्ने उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रका अङ्गहरूको संरक्षणमा सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनु भएको छ ‘लोकतन्त्रका यी संस्थाहरू कमजोर भए भने कुनै पनि समाज बलियो रहँदैन, जनताले सुख पनि पाउँदैनन् । तसर्थ, लोकतान्त्रिक गणतन्त्रका यी अङ्गहरूको रक्षा गर्नु भनेको हामी सबैको भविष्यको रक्षा गर्नु हो,’ उहाँले भन्नु भएको छ् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न

काठमाडौं १७ असार ।  नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । करिब

झापामा मकै उत्पादनमा ठूलो गिरावट

झापा, १६ असार । धानपछि दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैको उत्पादनमा यस वर्ष झापामा ठूलो ह्रास आएको छ। विगत तीन वर्षको तुलनामा यस

राष्ट्रपतिद्धारा रोटरी को तारिफ

काठमाडौं,१७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ ।

दलहरु संघीयताप्रति इमान्दार भएनन् : उपेन्द्र यादव

काठमाडौं,१७ असार । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको

सरकारको हस्तक्षेपले एन्फा प्रतिबन्धमा पर्यो :ओली

काठमाडौं,१६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम

मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

काठमाडौं, १६ असार । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री