दमकमा धिमाल महाराज ग्रामथान उद्घाटन

दमक,जेठ १५। झापाको दमक ३ स्थित दावगाछीमा रहेको श्री महाराज मन्दिर ग्रामथानमा निर्माण सम्पन्न भएकोे भवनको उद्घाटन गरिएको छ ।
दमक नगरपालिकाका प्रमुख राम थापाले आज एक कार्यक्रमका बीच महाराज मन्दिर ग्रामथानमा बनेको मन्दिरको भवन र ग्रामथानको उदघाटन गर्नु भएको हो । महाराज ग्रामथान मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि प्रमुख थापाले भवनको उद्घाटन रिबन काटेर गर्नु भएको छ । मन्दिर संरक्षण समितिका अध्यक्ष बिष्णु बहादुर धिमालको अध्यक्षतामा भएको कार्यक्रममा महाराज मन्दिरका निमार्णकर्ता स्वर्गीय बच्चुलाल धिमालको श्रीमती फारनी धिमाल सहित ३जनालाई सम्मान गरेको छ ।

यसै गरी मन्दिर निर्माणमा सहयोग गर्ने बैजुमान धिमाल र मन्दिर तथा ग्रामथान संरक्षणमा सहयोग गर्नु हुने स्थानिय गोपी आचार्यलाई समेत प्रमुअ अतिथि नगर प्रमुख थापाले दोसल्ला ओढाएर सम्मान गर्नु भयो । महाराज मन्दिर ग्रामथानको जग्गादाता तथा मन्दिर निर्माणकर्ताहरु स्व.बच्चुलाल धिमाल,छोराहरु स्व.दिल बहादुर धिमाल,यागल धिमाल,भीम बहादुर धिमाल,नास बहादुर धिमाल,विनोद कुमार धिमाल, मिलन धिमाल र विजय धिमाल रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष बिष्णु धिमालले जनाएको छ । विगतमा बनाएको मन्दिरको स्तर उन्नति गरी दमक नगरपालिकाको सहयोग समेतमा ग्रामथानको भवन निमार्ण सम्पन्न गरेको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख थापाले सम्मानपछि बोल्दै महाराज ग्रामथान धिमाल समुदायहरुको मात्र नभएर सबैको साझा तिर्थस्थल रहेको बताउनु भयो । यसको संरक्षण गर्न तपाई हाम्रो कर्तब्य हो उहाँले भन्नु भयो । यो धिमालसंग पहिचान भएको ठाउँको विकास नहुनु पर्ने कुनै कारण नभएको बताउदै उहाँले धिमाल समुदायका लागि सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा अतिथिहरु दमक ३ का वडा सदस्य गजेन्द्र धिमाल,धिमाल अगुवाहरु गणेश मान धिमाल,प्रथम धिमाल र संरक्षण समितिका उपाध्यक्ष बिनोद कुमार धिमाल लगायतले महाराज मन्दिर ग्रामथानको पोखरी,घेरावारा,यस क्षेत्रको सडक कालोपत्रे आदि आउदो आर्थिक वर्ष ०८३÷०८४को वजेटमा समावेश गर्न माग गर्नु भएको थियो । आउदो जेठ १९ गते दमक ३को दावगाछीमा ढङढङ्गे मेला लाग्ने मन्दिर संरक्षण समितिले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न

काठमाडौं १७ असार ।  नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । करिब

झापामा मकै उत्पादनमा ठूलो गिरावट

झापा, १६ असार । धानपछि दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैको उत्पादनमा यस वर्ष झापामा ठूलो ह्रास आएको छ। विगत तीन वर्षको तुलनामा यस

राष्ट्रपतिद्धारा रोटरी को तारिफ

काठमाडौं,१७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ ।

दलहरु संघीयताप्रति इमान्दार भएनन् : उपेन्द्र यादव

काठमाडौं,१७ असार । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको

सरकारको हस्तक्षेपले एन्फा प्रतिबन्धमा पर्यो :ओली

काठमाडौं,१६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम

मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

काठमाडौं, १६ असार । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री