उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच समायोजन

 

काठमाडौं,१५ जेठ । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । बिहीबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय ‘उज्यालो घर’मा आयोजित कार्यक्रममा दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नु भएको छ । समायोजनसँगै हाम्रो पार्टी नेपाल औपचारिक रूपमा उज्यालो नेपाल पार्टीमा विलय भएको जनाइएको छ ।

दुवै पक्ष बीच भएको सहमतिमा सुशासन, समृद्धि, सामाजिक न्याय, समानता, समावेशीकरण तथा नागरिक केन्द्रित राजनीतिलाई सशक्त रूपमा अघि बढाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । साथै दलित समुदायको अधिकार, पछाडि पारिएका वर्गको प्रतिनिधित्व तथा कमजोर समुदायको आवाजलाई राजनीतिक मूलधारमा स्थापित गर्ने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ । सहमति अनुसार जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचार र कुशासनविरुद्धको अभियानलाई निरन्तरता दिने, घाइते तथा शहीद परिवारका मागलाई सम्बोधन गर्ने तथा विभेदमा परेका जाति, क्षेत्र, लिङ्ग र वर्गको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।
त्यसैगरी, दलित समुदायमाथि हुने जातीय छुवाछूत, विभेद र बञ्चितीकरण अन्त्यका लागि नीतिगत तथा व्यावहारिक पहल गरिने उल्लेख गरिएको छ।

राज्य सत्ता तथा पार्टी संगठनमा जनसंख्याको अनुपातमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने तथा हाम्रो पार्टी नेपालका नेता–कार्यकर्तालाई उचित जिम्मेवारी र सम्मानजनक हैसियत प्रदान गर्ने सहमति पनि भएको छ ।
उज्यालो नेपाल पार्टीले उक्त समायोजनलाई नयाँ राजनीतिक संस्कार, साझा उद्देश्य र जिम्मेवार राजनीतिक अभ्यासतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ । पार्टीका मुख्यसचिव डा. राजु थापाद्वारा जारी विज्ञप्तिमा समायोजनले समानता, सामाजिक न्याय र सुशासनको पक्षमा उभिएका शक्तिहरूबीच सहकार्य र एकताको सकारात्मक सन्देश दिएको उल्लेख गरिएको छ । पार्टीले आगामी दिनमा सबै पक्षको सहयोग र सक्रिय सहभागितामार्फत सुशासन, समृद्धि र सामाजिक न्यायसहितको ‘उज्यालो नेपाल’ निर्माण अभियानलाई अझ सशक्त बनाइने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले