सुकुम्बासी व्यवस्थापनमा सरकार चुकेको थापाको दाबी

काठमाडौं,१५ जेठ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भूमिहिन, सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको बताउनु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको विस्थापनको व्याकुलताः सहरी सुकुम्बासीको स्वास्थ्य र मनो सामाजिक संघर्षको विश्लेषण ग्रिन टेबल छलफल कार्यक्रममा यस्तो बताउनु भएको हो। बोल्दै उहाँले बाहिरबाट हेर्दा खोला किनारको अव्यवस्थित बस्ती देखिए पनि नागरिकको लागि सबै थोक त्यही भएको थापाले बताउनु भएको छ।

 

‘सुकुम्बासीको समस्या हल गर्न नेपालको संविधानमा आवासको हक सुनिश्चित गरिएको छ,’ थापाले भन्नु भयो, ‘कानुन अनुसार सुकुम्बासीको व्यवस्थापन गर्नुपर्नेमा हठात्मा उठाउने काम भयो ।’ खोलाको छेउमा कुनै सुकुम्बासी रहरले नभई बाध्यताले बसेकाले मानवीय सम्बेदना ध्यानदिनुपर्ने थापाले बताउनु भयो । ‘भूमिहिन, सुकुम्बासीलाई कहाँ कसरी सार्ने व्यवस्थित योजना बनाएर सार्नुपथ्र्यो,’ थापाले भन्नु भयो, ‘राति सुतेका सुकुम्बासीका टहरा विहान उठ्दा डोजर लगेर भत्काउनु अमानवीय कार्य हो ।’

सरकारले गरिवीका विरुद्ध काम गर्नुपर्नेमा गरिबका विरुद्धमा काम गरेको टिप्पणी गर्नु भयो । ‘गरिवी र गरिव फरक विषय हुन्,’ थापाले भन्नु भयो, ‘कोही पनि रहरले गरिब हुँदैन ।’ सभापति थापाले सुकुम्बासी तथा भूमिहीन समुदायका समस्यालाई संवेदनशील र मानवीय ढंगले समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । सफाइ वा व्यवस्थापनको नाममा नागरिकलाई घरबारविहीन बनाउनु उपयुक्त नहुने उहाँको धारणा थियो ।
सरकारको कार्यप्रणालीप्रति टिप्पणी गर्दै थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको बताउनु भयो । बसोबास असुरक्षित हुँदा, बालबालिकाको शिक्षा र दैनिकी अनिश्चित बन्दा प्रभावित परिवारमा तनाव, चिन्ता र अवसादजस्ता मानसिक समस्या बढ्दै गएको उहाँले उल्लेख गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले