बजेट घोषणा

कर्मचारीको मनोबल बढाउन तलब–सुविधा ’सम्मानजनक’ बनाइने

काठमाडौं,१५ जेठ । सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्मानजनक’ बनाउँदै लैजाने भएको छ । शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३÷०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै कर्मचारीको मनोबल उच्च राख्न निजामती, जंगी, प्रहरी र शिक्षकको तलब तथा सुविधालाई समयानुकूल परिमार्जन गर्दै लैजाने व्यवस्था मिलाइने बताउनु भएको छ ।

 

साथै, सरकारले सार्वजनिक संस्थानलाई बलियो बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिनु भएको हो ।
उहाँले सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्ने पनि जानकारी दिनु भएको छ । उहाँका अनुसार राष्ट्रिय वाणिज्य बैंकका नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरिएको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गरिने भएको छ ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।

लाईफ लाइनले प्रथम नागरिक धिमाल जातीलाई सेवामा ठूलो छुट दिने

दमक,मंसिर ८। दमकका प्रथम नागरिक धिमाल जातीहरूलाई लाईफ लाइन अस्पताल दमकले दिने सेवामा २२ प्रतिशत छुट सुविधा दिने सहमति भएको छ ।लाईफ लाइन अस्पताल र

कोशीका मुख्यमन्त्री कार्की र स्विस राजदूतबिच भेटवार्ता

विराटनगर ,८ मंसिर। स्विस राजदूत डा. ड्यानियल म्युवली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा भेटघाट भएको छ ।भेटघाटमा दुई

डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

काठमाडौं,८ मंसिर। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गर्नु भएको छ। उहाँले

अयोध्या–जनकपुरधाम रेल सेवा सुरु, यात्रुलाई भव्य स्वागत

जनकपुरधाम,८ मंसिर। भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई सीधा रेल सेवाले जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘सरयू—कमला एक्सप्रेस’ मार्फत पहिलोपटक अयोध्याबाट जनकपुरधाम आइपुगेका

शिवसताक्षीमा ४ वर्षीया बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

शिवसताक्षी, ८ मंसिर । झापाको शिवसताक्षीमा चार वर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।पक्राउ पर्नेमा शिवसताक्षी ११ बस्ने ६१