स्वास्थ्य बजेटप्रति आयातकर्ताको मिश्रित प्रतिक्रिया

बीमा भुक्तानी र सरकारी उद्योग प्रोत्साहनमा असन्तुष्टि

काठमाडौं,१५ जेठ । नेपाल औषधि आयातकर्ता संघ(मियान)का अध्यक्ष पवन आचार्यले सरकारले ल्याएको आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएपनि कार्यान्वयनमा शंका व्यक्त गर्नु भएको छ। आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेट वक्तव्य मार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा एक खर्ब एक अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गर्नु भएको थियो ।

त्यसमध्ये स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ तथा स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको गरेप्रति आचार्यले स्वास्थ्य बीमालाई परिमार्जित गर्ने भनिएता पनि चालु आर्थिक बर्षकै दायित्व चुक्ता नहुने गरि १५ अर्ब बजेट विनियोजन गर्नाले औषधि आयातकर्ताहरुको बीमाबाट हुनुपर्ने भुक्तानीमा सकस हुने देखिएको उहाँले औंल्याउनु भयो ।

यद्यपी, गत वर्ष भन्दा बजेटको अंक बढाइनुलाई उहाँले सकारात्मक भन्नु भएको छ । अध्यक्ष आचार्यले राज्यले उद्यम र व्यवसायको वातावरण निर्माण गर्ने खुलाबजार अर्थ नीतिको आधारभूत सिद्धान्त रहेकामा निजी औषधि उद्योगलाई भन्दा सरकारी उद्योगलाई प्रोत्साहन गर्नुले निजी क्षेत्रलाई निराश बनाएको पनि प्रतिक्रिया दिनु भयो ।

 

चिकित्सा तथा नर्सिङ अध्ययनका लागि कोटा उल्लेख्य बृद्धि गर्नु सकारात्मक भएको भन्दै अध्यक्ष आचार्यले औषधिको भन्सार दरका सम्बन्धमा आगामी दिनमा भन्सारका जॉंचकीको स्वविवेकी प्रयोग हुन्छ की सीस्टमले निर्धारण गर्छ हेर्न बॉंकी रहेको बताउनु भयो । ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ स्थापनाको योजनाप्रति प्रतिक्रिया दिंदै आचार्यले सात वर्षदेखि नै नीति तथा कार्यक्रममा उल्लेख भएको उक्त कार्यक्रम कार्यान्वयन नभएसम्म पत्याइहाल्ने अवस्था नरहेको पनि बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले