किसान चिन्तित

सर्लाहीमा विषादीको गलत प्रयोगले उखु बाली नष्ट

सर्लाही,१६ जेठ । गलत झारनाशक औषधिको प्रयोगका कारण सर्लाहीको रामनगर गाउँपालिका–१ का किसान राजमंगल रायको उखु बालीमा ठूलो क्षति पुगेको छ । करिब तीन बिघा क्षेत्रफलमा लगाइएको उखु खेती सुक्न थालेपछि किसान राय चिन्तित बन्नु भएको छ। रायका अनुसार उहाँले खेतमा उम्रिएको घाँसपात नियन्त्रण गर्न जिल्लाकै बरहथवा बजारस्थित एक कृषि औषधि पसलबाट झारनाशक औषधि खरिद गर्नु भएको थियो। पसलेले दिएको सल्लाहअनुसार उक्त औषधि प्रयोग गरेपछि केही दिनमै उखुका बोट पहेँलिन थालेका थिए । बिस्तारै बोट सुक्दै गएपछि बाली नै नष्ट हुने अवस्थामा पुगेको उहाँले बताउनु भयो ।

 

उहाँले औषधि बिक्री गर्ने पसलेकै कारण आफ्नो खेतीमा क्षति पुगेको दाबी गर्नु भएको छ्। उखु बालीका लागि उपयुक्त नभएको झारनाशक औषधि दिइएका कारण बाली नष्ट भएको उहाँको भनाइ छ । “घाँस हटाउन औषधि मागेको थिएँ, तर पसलेले दिएको औषधि प्रयोग गरेपछि उखु नै सुक्न थाल्यो,” रायले भन्नु भयो, “गलत विषादी दिएका कारण मेरो तीन बिघाको उखु खेती नष्ट भएको छ ।”

 

स्थानीय किसानहरूका अनुसार कृषि औषधि खरिद गर्दा अधिकांश किसान पसलेको सल्लाहमै निर्भर हुने गरेका छन् । तर प्राविधिक ज्ञानबिना बिक्री गरिने विषादी तथा झारनाशक औषधिका कारण किसानहरू पटक पटक घाटा बेहोर्न बाध्य हुने गरेको उनीहरूको भनाइ छ । कृषि क्षेत्रका जानकारहरूका अनुसार बालीको प्रकृतिअनुसार उपयुक्त झारनाशक छनोट गर्न नसक्दा मुख्य बालीमै गम्भीर असर पर्न सक्छ । त्यसैले विषादी तथा झारनाशक औषधिको प्रयोगअघि कृषि प्राविधिकको सल्लाह लिन आवश्यक हुने उनीहरू बताउँछन् ।

पीडित किसान रायले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा आफूले व्यहोरेको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गर्नु भएको छ। साथै, स्थानीय किसानहरूले कृषि औषधि पसलहरूको नियमित अनुगमन र नियन्त्रण आवश्यक रहेको बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले