मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा रेखा थापा नियुक्त

काठमाडौँ,१६ जेठ । नेपाली चलचित्र क्षेत्रकी प्रख्यात अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित हुनु भएको छ। अस्पताल र अभिनेत्री थापाबीच आगामी एक वर्षका लागि यो व्यवसायिक सम्झौता भएको हो । शुक्रबार नायिका रेखा थापा र मेदान्त आयुर्वेद अस्पतालका संचालक डाक्टर सुवर्ण पौडेलले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो। नयाँ सहकार्यसँगै अबको एक वर्षसम्म अभिनेत्री थापाले अस्पतालका विभिन्न प्रचार–प्रसार, प्रवद्र्धनात्मक गतिविधि र स्वास्थ्य सचेतना अभियानहरूमा सक्रिय रूपमा आफ्नो साथ र सहभागिता जनाउनु हुने छ ।

 

सम्झौता पत्रमा हस्ताक्षर गरेपछि आफ्नो खुसी व्यक्त गर्दै अभिनेत्री रेखा थापाले मेदान्त आयुर्वेद अस्पतालले नागरिकलाई पु¥याउँदै आएको सेवा र उपचार पद्धति अत्यन्तै प्रशंसनीय र मन छुने भएकाले आफू यस संस्थाको ब्रान्ड एम्बास्डर बन्न तयार भएको बताउनु भएको छ। खासगरी परम्परागत र प्राकृतिक चिकित्सा पद्धतिलाई सर्वसुलभ रूपमा जनमानसमा लैजाने अस्पतालको उद्देश्यलाई सघाउन पाउनु आफ्ना लागि गौरवको विषय भएको उहाँको भनाइ थियो । थापाले आयुर्वेद स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

 

विगत लामो समयदेखि सर्वसाधारणलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको मेदान्त आयुर्वेद अस्पतालले मात्र एक सय रुपैयाँमा ओपिडी सेवा उपलब्ध गराउँदै आएको अस्पतालका संचालक डाक्टर सुवर्ण पौडेलले जानकारी दिनु भएको छ । विपन्न तथा सर्वसाधारण नागरिकले पनि सहजै उपचार पाउन सकून् भन्ने उद्देश्यले अस्पतालले यस्तो सहुलियत दर निर्धारण गरेको उहाँको भनाइ छ । प्रतिष्ठित अभिनेत्री रेखा थापा जस्तो जनप्रिय व्यक्तित्वसँगको सहकार्यले अस्पतालको सेवा प्रवाह र विश्वसनीयतालाई आम नागरिकमाझ थप व्यापक बनाउन ठूलो टेवा पुग्ने विश्वास डाक्टर पौडेलले व्यक्त गर्नु भएको छ।

 

साझेदारीले आगामी दिनमा अस्पतालको ब्रान्ड भ्यालु बढाउनुका साथै धेरै भन्दा धेरै बिरामीलाई आयुर्वेदिक उपचार तर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा अस्पताल प्रशासनले राखेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले