कर्णालीको विकासमा बजेटको प्राथमिकता तर कार्यान्वयनमा आशंका

सुर्खेत,१७ जेठ । संघीय सरकारले आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा कर्णालीको पूर्वाधार बिकासलाई प्राथमिकता दिएको छ । तर सरकारले बजेटमा ल्याएका योजनाहरुमा बजेट उल्लेख नहुँदा कार्यान्वयन हुनेमा विपक्षीहरुले आशंका गरेका छन् । सरकारले शुक्रकार सार्वजनिक गरेको बजेटमा अधिकांश पुराना तथा अधुरा योजनालाई निरन्तरता दिएको छ । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला–मुगु–गमगढी सडकका लागि एक अर्ब रकम बाहेक अन्य आयोजनाहरुमा बजेट उल्लेख छैन् । जाजरकोटको मुल्साङदेखि जुम्लाको टोप्ला र चिसापानी–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना सरकारको प्राथमिकतामा छ । कर्णाली कोरिडोरको ३१ किलोमिटर कालोपत्रे र ग्राभेल गर्ने, भेरी कोरिडोरको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको आगामी बर्षको बजेटमा उल्लेख छ ।

 

जाजरकोट तथा रूकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पूननिर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको उल्लेख छ । ४१७ मेगावाटको जाजरकोट नलगाड र ४३९ मेगावाटको बेतन कर्णाली विद्युत निर्माण कार्यलाई अघि बढाउन बजेट विनियोजन गरिएको डा.वाग्लेले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । कर्णाली कोरिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिने र राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिने तयारी छ । भेरी बबई डाइर्भसनको हेडवर्कस निर्माण कार्य सम्पन्न गर्न बजेट विनियोजन भएको छ ।

 

कर्णाली नदी व्यवस्थापन गर्न आवश्यक बजेट छुट्याइएको उल्लेख छ । सरकारले आगामी तीन वर्षभित्र सुर्खेतमा दुई हजार दर्शक क्षमता भएको इन्डोर मल्टिप्रोपोज स्टेडियम निर्माण गर्ने नयाँ योजना अघि सारेको छ । मध्यपहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग, कर्णाली कोरिडोर, भेरी कोरिडोर, जुम्ला हुँदै रारा र फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जडीबुटी, जलविद्युत्, पर्यटन र खानीजन्य क्रियाकलापलाई प्रश्रय पाउने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ । भेरी बबई डाईभर्सन आयोजना सहितका राष्ट्रिय गौरवका सिँचाइ आयोजनाका लागि साढे ५ अर्ब छुट्याइएको छ । दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक काम गर्न बजेटको व्यवस्था मिलाइएको उल्लेख छ ।

 

प्रदेशमा अपांगता पुर्नस्थापना केन्द्र स्थापना गर्न र मानव विकास सूचांकमा कमजोर एक स्थानीय तहमा आधारभुत अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरिएको तथा कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा र दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती, सुत्केरी तथा नवजात शिशुलाई हवाई उद्धार सेवालाई निरन्तरता दिइएको छ । कर्णालीमा स्याउ, ओखर लगायत फलफूलको जोन निर्धारण र चिस्यान केन्द्र स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टाइन स्थापना गरिने उल्लेख छ । कर्णालीमा जडिबुटी प्रशोधन केन्द्र स्थापन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । सुर्खेतको काँक्रेविहार र मुगुको रारामा प्रादेशिक पर्यटकीय कोरिडोर निर्माण गरिने, ग्रेट हिमालयन ट्रेललगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गरिन बजेट वक्तव्यमा उल्लेख छ ।

 

कर्णालीका सघन दलित बस्तीलाई लक्षित नगरी नमूना होमस्टे सञ्चालन गर्ने र प्रदेश सरकारको सहकार्यमा सुर्खेत विमान स्थल विस्तार गर्ने तयारी छ । मुगुको ताल्चा विमानस्थल विस्तार गरिने उल्लेख छ । सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटले कर्णालीको पूर्वाधार बिकासलाई प्राथमिकतामा राखेको भए पनि बजेट उल्लेख नहुँदा कार्यान्वयन हुनेमा आशंका छ । मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन तथा नागरिक समाजका अध्यक्ष पीताम्बर ढकालले नयाँ सरकारबाट कर्णालीले गरेको अपेक्षा अनुसार बजेटमा सम्बोधन हुन नसकेको र बजेटमा आएका आयोजनाहरु पनि कार्यान्वयन हुने विश्वस्त आधार नदेखिएको बताउनु भयो । ‘खासै नयाँ आयोजनाहरु केही नभए पनि पुरानै आयोजनाको निरन्तरताजस्तो देखिएको छ’ उहाँले भन्नु भयो, ‘ति आयोजनाका लागि पनि बजेट सुनिश्चत गरिएको देखिँदैन ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले

इटहरीको लाइसेन्स कार्यालयको सेवा अवरुद्ध

काठमाडौं,३१ असार । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको समस्याका कारण इटहरीस्थित सवारी चालक अनुमति पत्र कार्यालयको सेवा प्रभावित