भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशनः प्रधानमन्त्री शाह

काठमाडौं,१७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले भिजिट भिसाको नाममा हुने अवैध श्रम आप्रवासन, मानव तस्करी नियन्त्रण तथा वैदेशिक रोजगार प्रणालीमा देखिने संरचनागत शोषणबारे सरकारको ठोस योजना माग गर्नु भएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्दै उहाँले भिजिट भिसा दुरुपयोग, विदेशमा काम गर्न जाने नेपालीहरूको समस्या र श्रम प्रणाली सुधारबारे सरकारको धारणा स्पष्ट गर्न आग्रह गर्नु भएको छ। प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहले भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशन दिइएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘भिजिट भिसाको दुरुपयोग विगतदेखि नै हुँदै आएको छ । त्यसलाई नियन्त्रण गर्न मन्त्रालय, विमानस्थल र सम्बन्धित विभागहरूलाई कडा निर्देशन दिइएको छ ।’

 

प्रधानमन्त्रीका अनुसार भिजिट भिसामा विदेश गएर कामका लागि अन्तर्वार्ता दिने र पछि वर्किङ भिसामा परिवर्तन गर्ने वैकल्पिक प्रक्रिया पनि रहेको छ । उहाँले भन्नु भयो, ‘भिजिट भिसामा गएर काम गर्न खोज्नेहरूले वर्किङ भिसामा कन्भर्ट गर्न सक्ने व्यवस्था छ । श्रम मन्त्रालयले यसको व्यवस्थापनका लागि विभिन्न क्षेत्र समेटेर काम गरिरहेको छ ।’ यसैबीच विद्युत पूर्वाधारबारे उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले देश तत्काल पूर्ण रूपमा विद्युतीय युगमा जान नसक्ने स्पष्ट पार्नु भयो।
‘हामी अहिले तुरुन्तै विद्युीय युगमा जान सक्ने अवस्था छैन । साच्चिकै देशका हरेक भान्सामा अहिले नै विजुलीबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर सबस्टेसन पड्किन्छन् । त्यसको क्षमता नै छैन अहिले । त्यो क्षमतालाई विकास गर्न पैसा चाहिन्छ,’ उहाँले थप भन्नु भयो, ‘अहिलेको संरचनाले सबै घरमा विद्युतीय चुलो प्रयोग गर्दा ट्रान्सफर्मर र सबस्टेसन धान्न सक्दैनन् । त्यसका लागि ठूलो लगानी आवश्यक छ ।’

 

प्रधानमन्त्रीका अनुसार विद्युत पूर्वाधार सुधारका लागि ट्रान्सफर्मर, तार र सबस्टेसनको स्तरोन्नति गर्नुपर्नेछ । त्यसका लागि स्रोत जुटाउन ५० युनिटभन्दा माथिको विद्युत प्रयोगमा कर लगाउने प्रस्ताव गरिएको उहाँले बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले