’सुशासन र भ्रष्टाचार निर्मूल नै सरकारको पहिलो प्राथमिकता’

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा अघि बढाइएको र भ्रष्टाचार तथा बेथिति अन्त्य गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा रास्वपका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उठाएको प्रश्नको जवाफ दिँदै विकास निर्माणलाई रोकिने नभइ सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पार्नु भएको छ। उहाँको अनुसार सरकारको पहिलो वर्षमा राज्यका विभिन्न निकायमा देखिएका बेथिति, अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्ने लक्ष्य राखिएको छ ।

उहाँले भन्नु भयो,‘हाम्रो पार्टीका मन्त्री र सभापतिले मुख्य प्राथमिकता सुशासन हो भन्दै आउनुभएको छ । पहिलो वर्षलाई सुशासनको वर्ष भनेको छौँ । त्यो भनेको विकास गर्दैनौँ भनेको होइन । तर यो वर्षलाई सरकार र मान्य सांसदको निगरानीमा पनि विभिन्न निकाय र पालिका निकाय छन् । पहिलो वर्ष सुशासन, बेथितिलाई हटाउने, बलियो जरा बनाएर बसेको भ्रष्टाचारलाई निर्मुल गर्न सरकार र पार्टी तत्पर छ । विभिन्न कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय, मालपोत, यातायातमा जाँदा पनि देख्नुभएको छ होला त्यसलाई निरन्तरता दिन्छौं ।’

प्रमुख सचेतक बुर्लाकोटीले सुशासनको दृष्टिबाट केही अघिसम्म सरुवा–बढुवामा घुस नखाइ नहुने अवस्था रहेको सरकार बनेपछि त्यो कुरा चिरिएको भन्दै सरकारले यसरी नै काम गर्न लागेको छ भनेर प्रस्ट्याइदिन प्रधानमन्त्रीलाई अनुरोध गर्नु भएको थियो । उहाँले भन्नु भएको थियो,‘संसदमा जवाफ दिन आइदिनुभएकोमा प्रधानमन्त्रीप्रति सम्मान व्यक्त गर्छु । आम नागरिकले अद्भूत जनमत दिएर पठाएकोमा आम नागरिकलाई धन्यवाद । सुशासनको दृष्टिबाट केही अघिसम्म सरुवा बढुवा घुस नखाइ नहुने अवस्था थियो । यो सरकार बनेपछि त्यो कुरा चिरियो । आम जनमत सुशासन र समृद्धिका लागि हो भन्नेमा दुई मत छैन । सरकारले यसरी नै काम गर्न लागेको छ भनेर प्रस्ट्याइदिन हुन अनुरोध गर्दछु,’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले