कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ : अध्यक्ष अग्रवाल

काठमाडौँ,१८ जेठ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्षको बजेटले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नु भएको छ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले कर सुधारका क्षेत्रमा बजेटले उल्लेखनीय प्रगति गरेको बताउनु भयो। उहाँका अनुसार लामो समयदेखि रोकिएका कर सुधारका विषयलाई बजेटमार्फत सम्बोधन गरिएको छ।
उहाँले भन्नु भयो,‘लामो समयदेखिको सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने छ । मुलुकको अर्थतन्त्रलाई नयाँ आयाम दिँदै आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात बिन्दुको रुपमा यो प्रस्तुत गरिएको देखिन्छ । कर सुधारका विषयमा लामो समयदेखि रोकिएका थिए । बजेटले, यसपटकको कर सुधारमा ठूलो फड्को मारेको छ । व्यक्तिगत आयकरमा ठूलो राहत दिइएको छ । वार्षिक १० लाखसम्मको आम्दानी हुनेलाई, यो कैयौं वर्षदेखि ५ लाख र ६ लाखको दायरामा यो कर छुट दिएर हामी अल्झिएका थियौं। त्यसले पारदर्शी अर्थतन्त्र सुरुवात हुन सकेन। यसपटक हाम्रो मागले, सुरुवात १० लाखबाट गरौं भन्ने थियो, जुन कुरा हो, माननीय मन्त्री ज्यूले बजेटमा रिफ्लेक्ट गर्नुभएको छ।’

अध्यक्ष अग्रवालले बहुदर मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली कार्यान्वयनतर्फ सरकारले अघि बढाएको कदमलाई साहसिक निर्णयको संज्ञा दिनु भयो ।
यद्यपि, विद्युत् महसुलमा ५ प्रतिशत भ्याट लगाइएको विषयमा भन्नु भयो उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले भन्नु भयो, ‘सरकले बिजुली र राइड सेयरिङमा ५ प्रतिशतको मूल्य अभिवृद्धि कर लगाउँदै बहुदर भ्याटको व्यवस्था सुरुवात भएको छ । नेपाल जलस्रोतको प्रचुर सम्भावना भएको देश हो, यसको उत्पादन बढाउँदै लानुपर्नेमा करको कुरा नमिलेजस्तो लाग्यो । भ्याटमा बहुदरको सान्दर्भिकताबारे पनि अध्ययन गरी सुधार पेश गर्न, एउटा उच्चस्तरीय समितिको गठन गर्न जरुरी छ ।’ उहाँले आवश्यक कानुनी परिमार्जन भएमा पुँजीगत लाभकरबारे देखिएका अन्योल र भ्रम स्वतः हट्ने विश्वास व्यक्त गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति गगन थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ। काठमाडौंको खुलामञ्चमा जारी

एकता र विपत्का कारण कार्यतालिका तल माथि भयो : गगन थापा

काठमाडौं,१९ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपत्का घटना र पार्टीभित्र बृहत्तर एकताको वातावरण निर्माण गर्ने प्रयासका कारण पार्टीको महाधिवेशन कार्यतालिका प्रभावित भएको बताउनु

संकटका बेला डिजिटल पूर्वाधारको उत्थानशीलता अपरिहार्य , प्रधानन्यायाधीश शर्मा

काठमाडौं,१९ असोज । प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले संकटका बेला संस्थागत निरन्तरता, आधारभूत सेवा प्रवाह र प्रभावकारी प्रतिकार्यका लागि डिजिटल पूर्वाधारको उत्थानशीलता (रेजिलियन्स) अपरिहार्य रहेको बताउनु

भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने

काठमाडौं ,१९ असाोज। नेपाल र चीनको सिमाना हुँदै भोटेकोशी नदीमा हालै गएको विनाशकारी बाढी तथा पहिरोको वैज्ञानिक अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरूको टोली नेपाल आइपुगेको छ

देउवाका लागि राखिएको खाली कुर्सी

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह केवल पार्टीको नयाँ नेतृत्व चयनको औपचारिक सुरुवातमा सीमित रहेन । खुलामञ्चमा आयोजित समारोहमा देखिएको दृश्य, नेताहरूबीचको

भक्तपुरमा आगलागी , दमकलद्वारा आगो नियन्त्रण

भक्तपुर,१९ असोज । भक्तपुर  सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज