माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र नगद लाभांश वितरण गर्ने

काठमाडौं,१९ जेठ । माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको २२५औँ बैठकले आर्थिक वर्ष २०८१÷८२ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

कम्पनीले प्रवद्र्धन गरेको ३५ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाबाट प्राप्त आम्दानी तथा सञ्चित नाफाका आधारमा लाभांश प्रस्ताव गरिएको जनाएको छ । निर्णयअनुसार हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत बराबर १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ मूल्य बराबरको बोनस सेयर वितरण गरिनेछ ।

त्यसैगरी, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०।५२६३ प्रतिशत बराबर ७१ लाख ७७ हजार ३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त लाभांश प्रस्ताव विद्युत् नियमन आयोग तथा आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ । माण्डु हाइड्रोपावरले सोमबार बसेको सञ्चालक समिति बैठकमार्फत लाभांश वितरणको निर्णय गरेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही