कोसी प्रदेशका कर्मचारीले अब साताको दुई दिन स्थानीय पोसाक लगाउनुपर्ने, स्थानीय उत्पादन प्रवर्द्धनमा सरकारको जोड

विराटनगर ,१९ जेठ।  कोसी प्रदेश सरकारले स्थानीय उत्पादन, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रदेश मातहतका कर्मचारीका लागि नयाँ पोसाक व्यवस्था लागू गरेको छ। प्रदेश सरकारले कर्मचारीको पोसाक सम्बन्धी कार्यविधि राजपत्रमा प्रकाशन गरेसँगै नयाँ व्यवस्था कार्यान्वयनमा आएको हो।

नयाँ व्यवस्थाअनुसार अब कोसी प्रदेशका निजामती कर्मचारीले प्रत्येक हप्ताको बुधबार र शुक्रबार स्थानीय उत्पादन प्रयोग गरी बनाइएका पोसाक अनिवार्य रूपमा लगाउनुपर्नेछ। संघीय सरकारले तोकेको नियमित पोसाकका अतिरिक्त प्रदेश सरकारले स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई प्राथमिकता दिने नीति अघि सारेको हो।

कार्यविधिअनुसार पुरुष कर्मचारीले स्थानीय कपडाबाट बनेको दौरा–सुरुवाल, कोट वा ब्लेजर, ढाका टोपी तथा उपयुक्त जुत्ता प्रयोग गर्नुपर्नेछ। त्यस्तै स्थानीय उत्पादनबाट तयार गरिएको सर्ट, कोट वा ब्लेजर पनि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
महिला कर्मचारीका लागि स्थानीय उत्पादन प्रयोग भएको सारी–ब्लाउज, कुर्ता–सलवार तथा सांस्कृतिक पहिचान झल्कने अन्य औपचारिक पोसाकलाई मान्यता दिइएको छ। शुक्रबारका दिन भने कर्मचारीहरूले आफ्नो स्थानीय संस्कृति र पहिचान झल्कने पोसाक समेत लगाउन सक्नेछन्।
प्रदेश सरकारले पोसाक खरिदमा प्रोत्साहन गर्न कर्मचारीलाई संघीय सरकारले उपलब्ध गराउने पोसाक भत्ताबाहेक थप ५ हजार ५ सय रुपैयाँ पोसाक भत्ता दिने व्यवस्था गरेको छ। उक्त रकम प्रत्येक वर्ष चैत्र महिनामा उपलब्ध गराइनेछ।

कार्यविधिमा तोकिएको पोसाक प्रयोग भए–नभएको सम्बन्धमा कार्यालय प्रमुखले नियमित अनुगमन गर्ने र पोसाक नलगाउने कर्मचारीको अभिलेख राख्ने व्यवस्था समेत गरिएको छ।

प्रदेश सरकारको यो निर्णयले स्थानीय कपडा उद्योग, ढाका उत्पादन, हस्तकला तथा परम्परागत पोसाक व्यवसायलाई टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, सरकारी कार्यालयहरूमा राष्ट्रिय तथा सांस्कृतिक पहिचान झल्किने वातावरण सिर्जना हुने विश्वास लिइएको छ।
स्थानीय उत्पादनको प्रयोग बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने दिशामा कोसी प्रदेश सरकारको यो कदमलाई महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अवरुद्ध सडक, भयो यात्रुलाई सास्ती

काठमाडौं, १६ असार । देशका विभिन्न ठाँउमा पानी पर्दा सानो ठुलो पहिरो खस्दा बाटा तथा सडकहरू जोखिममा परेका छन् । दुई दिनको अविरल वर्षापछि दार्चुला

कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १६ असार । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर