प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्वको ऐरम्बास शारदादेवी मन्दिर

रामेछाप,१९ जेठ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–५मा अवस्थित ऐरम्बास शारदादेवी मन्दिर आकर्षक रमणीय र ऐतिहासिक धार्मिकस्थल भएपनि प्रचारको अभावले ओझेलमा परेको छ । सदरमुकाम मन्थली नजिकैको प्राकृतिक सौन्दर्यको धार्मिक तथा सांस्कृतिक सम्पदा हुँदाहुँदै पनि मन्थलीकै धेरै मानिसहरू यहाँ पुगेका छैनन् । यो मन्दिर प्राकृतिक र सांस्कृतिक हिसाबले त सौन्दर्य छँदै छ मन्थलीको गर्मी छल्ने र घुम्ने उपयुक्त थलो पनि बन्नसक्छ ।

 

सदरमुकाम मन्थलीबाट कठजोर, पाहुनघर हुँदै एक घण्टामा नै ऐरम्बास पुग्न सकिन्छ । आफ्नो सवारी साधन हुने वा भाडामा सवारी साधन लिएरपनि मन्थलीबाट घुम्न जाने सबैभन्दा नजिकको धार्मिक र रमणीयस्थल यो देवीस्थान बन्नसक्छ । ऐरम्बास शारदादेवीलाई स्थानीयले मागेको कुरा पूरा गर्ने र रक्षा गर्ने देव भनेर आस्थाको रूपमा पूजा गर्ने गर्दछन् ।
स्थानीय वेदनाथ जोगी सो मन्दिरमा पूजा गर्दा मनोकाङ्क्षा पुरा हुने बताउँनु हुन्छ । मन्दिरआसपासका मात्र होइन काठमाडौं, सिन्धुली, दोलखा, ओखलढुंगा लगायतका मानिसहरू समेत यो मन्दिरमा पूजा गर्न आउने उहाँले बताउनु भयो ।

 

मन्दिरमा पाठी र परेवा भोग दिने प्रचलन रहँदै आएको छ । मन्दिरमा पूजा गरेको प्रसादी घर लगेर खान नमिल्ने भएकोले त्यहीँ पकाएर खाने प्रचलन छ । मन्दिर आसपासका मानिसहरूले मन्दिरमा वर्षको एउटा पाठी अनिवार्य पूजा गर्ने प्रचलन रहँदै आएको छ । स्थानीयले भने घरमा लगेर पकाएर खान मिल्ने चलन छ । मन्दिरमा आइतबार, बुधबार र शनिबार भोग दिने प्रचलन छ । ती दिन कतै न कतैबाट भोग दिन आउने मानिसहरू हुने मन्दिरका पुजारी यमबहादुर बुढाथोकी बताउँनु हुन्छ । पहिला ठुला ठुला चाँपका रुख मुनि देवीको शीला रहेका तर पछि ती रुख ढलेको उहाँले जानकारी दिनु भयो।

 

अहिले मन्थली नगरपालिकाले मन्दिरको संरक्षण तथा दर्शनार्थीलाई पकाउन, खान सहज होस् भनी दुईवटा सत्तल निर्माण गरिदिएको उहाँले बताउनु भयो । मन्दिरको छेउमा रहेको सानो कुवाको पानी जति निकाल्दा पनि नसकिने उहाँले बताउनु भयो । मन्दिरको ढलान गर्दा मन्दिरमा बाघ पसेर निस्किएको पनि बुढोथोकीले सुनाउनु भयो। कहावत अनुसार सिन्धुलीबाट ओखलढुङ्गा बेहुली लिएर गएका जन्तीहरू पानीको कुवा र चौर पनि भएकोले सोही स्थानमा बास बस्दा राति बेहुलीलाई बाघले खाएपछि देवी प्रकट भई ओखलढुङ्गाको एसममा बसेकीमा पछि कसैको आङमा आएर आफूलाई बाघले खाएकै ठाउँमा लगेर राखिदिनु भनेपछि ऐरम्बासमा नै ल्याएर देवी स्थापना गरेको मान्यता छ । यी देवीलाई मागेको कुरा पूरा गराइदिने देवीको रूपमा सबैले पूजा गर्ने गरेको पुजारी बुढाथोकी पनि बताउँनु हुन्छ।

 

कहावत जेजस्तो जोडिए पनि यो देवीको मन्दिरलाई निक्कै पूरानो मानिन्छ । प्राकृतिक रूपमा अति रमणीय र चिसो ठाउँमा रहेकोले यसको थप महत्त्व छ । यसको प्रचार र थप व्यवस्थित गर्न सके मन्थली बस्ने र मन्थली घुम्न आउनेको लागि यो उचित गन्तव्य हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो