दरबार हत्याकाण्डको २५ वर्ष पुरा

निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग

काठमाडौं,१९ जेठ । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले २५औँ स्मृति दिवसको अवसरमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवप्रति श्रद्धाञ्जली अर्पण गर्दै दरबार हत्याकाण्डको निष्पक्ष र सत्य तथ्य छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । मंगलबार ललितपुरमा आयोजित श्रद्धाञ्जली समारोहमा प्रतिष्ठानका अध्यक्ष शिवहरी खनालले हत्याकाण्ड भएको २५ वर्ष पूरा भएपनि आजसम्म उक्त घटनाको सत्यतथ्य छानबिन गरी वास्तविकता सार्वजनिक हुन नसक्नु विडम्बना रहेको बताउनु भयो ।

 

उनले भने,‘२०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएपनि आजसम्म उक्त घटनाको सत्य तथ्य छानबिन गरी वास्तविकता सार्वजनिक हुन नसक्नु विडम्बना हो।’ उहाँले प्रतिष्ठानले दरबार हत्याकाण्डलाई नेपालको इतिहासको कालो दिनका रूपमा स्मरण गर्दै उक्त दिनलाई आधिकारिक रूपमा कालो दिनको रूपमा दर्ज गर्न सरकारसँग माग गर्नु भयो। त्यस्तै,उहाँले राजा वीरेन्द्रलाई राष्ट्रवादी, शान्तिवादी, विकास र प्रजातन्त्रका पक्षधर शासकका रूपमा उल्लेख गर्दै उनले अघि सारेको ‘नेपाललाई शान्ति क्षेत्र’बनाउने प्रस्तावलाई ऐतिहासिक योगदानका रूपमा स्मरण गर्नु भयो।

 

उक्त प्रस्तावमा ११६ राष्ट्रले समर्थन जनाए पनि केही देशको विरोधका कारण कार्यान्वयन हुन नसकेको बताउनु भयो ।
राजा वीरेन्द्रको निधनपछि नेपालको राजनीतिक अवस्था अस्थिर बनेको र राष्ट्रले दीर्घकालीन शान्ति तथा स्थायित्व प्राप्त गर्न नसकेको उहाँले टिप्पणी गरिएको छ । उहाँले राजा वीरेन्द्रको योगदान र आदर्शलाई राष्ट्रिय एकता र शान्तिको आधारका रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रतिष्ठानले सरकार तथा सम्बन्धित निकायलाई दरबार हत्याकाण्डको निष्पक्ष छानबिन, ऐतिहासिक तथ्य सार्वजनिक तथा राजा वीरेन्द्रको योगदानको संरक्षण र सम्मानका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ । प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा देशमा स्थायी शान्ति, सद्भाव र राजनीतिक स्थायित्वका लागि राजा वीरेन्द्रको विचार र शान्ति क्षेत्रको अवधारणालाई पुनः स्मरण गर्नुपर्ने उल्लेख गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्रीको ’नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति माथि भारतले दियो जवाफ

काठमाडौँ,१९ जेठ। नेपाल र भारतबीचको सीमा विवादले फेरि एकपटक नयाँ कूटनीतिक मोड लिएको छ। प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवाद र तेस्रो पक्षको भूमिकाबारे संसदमा

दमकका मेयर थापाको जलेको घर बनाउन १३ लाखको चन्दा संकलन , ककसले दिए कति कति रकम?

दमक,१९ जेठ । दमक नगरपालिकाका मेयर रामकुमार थापाको आगलागीमा नष्ट भएको घर पुनर्निर्माणका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट १३ लाख २६ हजार ६ सय ८०

प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक र राष्ट्रिय सुरक्षाको दृष्टिले गम्भीरः खुस्बु ओली

काठमाडौं,१९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले रास्वपाका सांसदहरुलाई लक्षित गर्दै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर

‘नेपालले भारतको जग्गा मिचेको’ अभिव्यक्ति सच्याउन प्रधानमन्त्रीलाई दबाब

काठमाडौं,१९ जेठ । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म संसद सञ्चालन हुन नदिने चेतावनी दिएका

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं,१९ जेठ । प्रतिनिधिसभा बैठकमा आज(मंगलबार)पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । मंगलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले सीमा विवादबारे दिएको अभिव्यक्तिको

मृत्कको ’ब्वायफ्रेण्ड’ प्रहरी नियन्त्रणमा, अनुसन्धान अन्तिम चरणमा

दमक,१९ जेठ।झापाको दमकमा घटेको एउटा निकै दुःखद र रहस्यमयी घटनाले यतिबेला सम्पूर्ण स्थानीयबासीलाई स्तब्ध बनाएको छ। दमक नगरपालिका वडा नं. ८, बसन्त टोलकी २१ वर्षीया