वीरगन्जका मेयर सिंह अदालतमा हाजिर , थुनछेक बहसको तयारी

पर्सा,१९ जेठ । लिखतसम्बन्धी (नक्कली कागजात) कसुरमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई जिल्ला अदालत पर्सामा हाजिर गराई बयान लिन सुरु गरिएको छ ।

मंगलबार बिहान पर्साको ठोरीबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले मंगलबार बिहान अदालतमा उपस्थित गराएको हो ।
मेयर सिंहलाई बिहान करिब ९ बजे अदालतमा उपस्थित गराइएको थियो । सम्बद्ध स्रोतले दिएको जानकारी अनुसार पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा सिंहको बयान लिने कार्य यतिबेला जारी रहेको छ ।
जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकले कार्यालय समयमा प्रहरीले मेयर सिंहलाई हाजिर गराएको पुष्टि गर्दै अब कानुनी प्रक्रिया अगाडि बढ्ने बताउनु भयो । ‘अदालतमा हाजिर गराइएको छ, अब बयान लिने कार्य सकिएपछि थुनछेक बहस सुरु हुनेछ,’ स्रेस्तेदार मल्लिकले भने, ‘त्यसपछि अदालतको आदेश अनुसार बाँकी कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।’
घटनाको वास्तविकता के हो ?
स्थानीय लियाकत अलीको जाहेरीका आधारमा जिल्ला अदालत पर्साले गत जेठ १२ गते मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही पुर्जीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई मंगलबार बिहान ठोरीबाट नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले जानकारी दिनुभयो ।
मेयर सिंहमाथि अरूकी छोरीलाई आफ्नो छोरी दाबी गरी नक्कली कागजात खडा गरेर नागरिकता दिलाएको गम्भीर आरोप छ । सोही लिखतसम्बन्धी कसुर मुद्दामा प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो । अदालतमा बयान र थुनछेक बहस सकिएपछि उनलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने वा अन्य विकल्प दिने भन्नेबारे अदालतले आदेश जारी गर्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु