राष्ट्रपति कार्यालयबाट चोरिएको हात्तीको दाह्रासहित ५ जना पक्राउ

काठमाडौं, २० जेठ । काठमाडौंको मनमैजु र टोखा क्षेत्रबाट प्रहरीले दुर्लभ वन्यजन्तु हात्तीको चार थान दाह्रा र लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दाह्राहरू गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालयको भित्ताबाट चोरी भएका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरतकुमार क्षेत्रीका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले टोली परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा मुख्य आरोपी तारकेश्वर नगरपालिका–९, मनमैजुका राजीव महर्जन, टेकप्रसाद गुरुङ,पुरन बोहरा,आयुष महर्जन र सन्तबहादुर भुजेल रहेका छन् ।

तारकेश्वर–९ मनमैजु बस्ने राजीव महर्जनले वन्यजन्तुको अङ्ग अवैध रूपमा सञ्चय र बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले उनको निवासमा छापा मारेको थियो। अनुसन्धानका क्रममा महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा २ थान हात्तीको दाह्रा बरामद भएको छ। साथै, उनको कोठा खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध ‘लेखिएको १५० क्याप्सुल समेत फेला परेको प्रहरीले जनाएको छ।

महर्जनको बयान र अनुसन्धानको कडी जोड्दै जाँदा अन्य व्यक्तिको समेत संलग्नता खुलेपछि प्रहरीले टोखा क्षेत्रबाट थप आरोपीहरूलाई पक्राउ गरेको हो। जसमध्ये सन्तबहादुर भुजेलको कोठामा झोलाभित्र लुकाएर राखिएको अवस्थामा थप २ थान हात्तीको दाह्रा फेला परेको छ।

प््रहरीका अनुसार घटनाको संवेदनशीलता र थप तथ्यहरू संकलन भइरहेका कारण अहिल्यै औपचारिक रूपमा सबै विवरण सार्वजनिक गर्ने अवस्था छैन। तर, चोरी भएका यी सामग्री राष्ट्रपति कार्यालयकै हुन् भन्ने बलियो स्रोतको दाबी छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा गहन छलफल

काठमाडौं,२० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन

महिना दिनबाट बेपत्ता असई र युवती एउटै रुखको हागााँमा झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेपलाञ्चोक,२० जेठ। करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई र एक युवती काभ्रेपलाञ्चोकको पाँचखालस्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

राष्ट्रपति कार्यालयबाट चोरिएको हात्तीको दाह्रासहित ५ जना पक्राउ

काठमाडौं, २० जेठ । काठमाडौंको मनमैजु र टोखा क्षेत्रबाट प्रहरीले दुर्लभ वन्यजन्तु हात्तीको चार थान दाह्रा र लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका

नेबरहुड फर्स्ट’ नीतिमा नेपाल प्राथमिक साझेदार” भारतीय प्रधानमन्त्री मोदी

दमक, २० जेठ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गतको प्राथमिक साझेदार राष्ट्र भएको बताउनु भएको छ। उहाले नेपालसँगको विशेष र

प्रखर महिला वक्ता बनाउदै दमक ६

दमक,२० जेठ। “बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन“ भन्ने उखान नेपाली समाजमा निकै प्रचलित छ। वर्तमान समयमा ज्ञान र सीप भएर मात्र पुग्दैन, त्यसलाई

करबाट चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ: तिमिल्सिना

काठमाडौं ,२० जेठ। सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले जनताको करबाट सञ्चालित सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिने बताउनु भएको छ । मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा