मिजारको हत्या विरुद्ध काठमाडौँमा खबरदारी प्रदर्शन

काठमाडौं,२१ जेठ । काभ्रे पाँचखाल नगरपालिका–७, होक्सेका अजित मिजार हत्याको विरोधमा नेपाली कांग्रेसका युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौं महाराजगन्जस्थित महाराजगन्ज मेडिकल क्याम्पस अगाडि युवाहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । नेपाली कांगेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान र जातीय विभेद विरुद्ध सचेतना अभियन उपसमितिको अगुवाइमा न्यायको माग गर्दै प्रदर्शन गरिएको हो ।

 

जातीय विभेद विरुद्ध सचेतना अभियन उपसमितिकी संयोजक एलिजा ढकालका अनुसार न्याय अझै मरेको छैन् र न्याय दिलाउन आफूहरु तत्पर रहेको सन्देश दिन प्रदर्शन गरेको साथै मिजारको घरमै पुगेर पनि सान्तवना दिइएको हो । ‘१० बर्षअघि अन्तरजातीय विवाह गरेको निहुँमा मिजारको हत्या भएको अनुसन्धानहरुले देखाएको छ तर राज्य परिवारलाई न्याय दिलाउन मौन छ । यसका विरुद्ध हाम्रो खबरदारी हो,’ उहाँले भन्नु भयो।

 

अन्तरजातीय विवाह गरेपछि २०७३ असार २९ गते काभ्रेको तामाघाट बजारबाट बेपत्ता भएका १८ वर्षीय अजितको शव धादिङको फुर्केखोलामा झुन्डिएको अवस्थामा फेला परेको थियो । त्यसपछि परिवार र अभियन्ताहरुले निरन्तर विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा अत्याधिक गर्मीले जनजीवन प्रभावितः गर्मीले घटायो बजारको चहलपहल

दमक,२१ जेठ । विगत केही दिनदेखि पूर्वका विभिन्न भू–भागसँगै झापाको दमकमा पनि गर्मी अत्यधिक बढेको छ। बिहानैदेखि लाग्ने चर्को घाम र तातो हावाका कारण दमक

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाको प्रदर्शन

काठमाडौं,२१ जेठ । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै त्यसको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा

चीनद्वारा लिजियान–१ रकेटबाट थप ५ उपग्रह प्रक्षेपण

चीन,२१ जेठ। चीनको लिजियान १ क्यारियर रकेटले उच्च–फ्रिक्वेन्सी प्रक्षेपण गरेको छ । रकेटले हालै आफ्नो १३ औं अभियान अन्तर्गत पाँचवटा उपग्रहहरू अन्तरिक्षमा पु¥याएको हो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक माथि समितिमा छलफल

काठमाडौं,२१ जेठ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको छ ।

 पाँच दिन बित्दा पनि खुल्न सकेन रहस्य, अनुसन्धानमै अल्झियो प्रहरी

दमक,२१ जेठ। झापाको दमक नगरपालिका–८ निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरी अझै स्पष्ट निष्कर्षमा पुग्न सकेको छैन । घटनाको

देशद्रोही प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म विरोध जारी रहन्छ : प्रमुख सचेतक महर

काठमाडौं,२१ जेठ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको रहेछ’ भन्ने अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही