राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक माथि समितिमा छलफल

काठमाडौं,२१ जेठ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको छ । बिहीबार बसेको समितिको बैठकमा विधेयक माथि छलफल गर्दै शिक्षामन्त्री सस्मित पोख्रेलले उक्त विधेयक नेपालभरका सबै प्रयोगशालालाई नियमन गर्न नभई राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई मात्रै सञ्चालन तथा व्यवस्थापन गर्न ल्याइएको स्पष्ट पार्नु भएको छ ।

 

उहाँले बाहिर यो विधेयकले देशका सबै प्रयोगशालालाई नियमन गर्ने भन्ने भ्रम रहेको उल्लेख गर्दै भन्नु भयो, ‘यो विशेष रूपमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई नियमन गर्न बनाइएको छुट्टै विधेयक हो। नेपालमा रहेका सबै प्रयोगशालालाई यसले नियमन गर्दैन ।’ मन्त्री पोख्रेलले अपराध अनुसन्धान तथा न्याय सम्पादनका लागि आवश्यक प्रमाण संकलन, परीक्षण र विश्लेषणलाई वैज्ञानिक विधिबाट प्रभावकारी बनाउन यस्तो प्रयोगशालाको आवश्यकता रहेको बताउनु भयो ।

 

उहाँले सर्वोच्च अदालतले समेत छुट्टै विधि विज्ञान प्रयोगशाला स्थापना गरी प्रमाण प्रमाणीकरण प्रक्रियालाई सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याएको स्मरण गराउनु भयो । ‘यसले अपराध, अनुसन्धान तथा न्याय सम्पादनको लागि आवश्यक प्रमाण संकलन, परीक्षण, विश्लेषण, वैज्ञानिक विधि र प्रद्धतिद्धारा गर्नको लागि यसलाई सम्मानित सर्वोच्च अदालतले एउटा छुट्टै प्रयोगशालाको आवश्यक परेको भनेर अदालतले छुट्टै प्रमाण प्रमाणीकरण प्रक्रियालाई सहजीकरण गराउन स्थापना गर्ने भनेर राष्ट्रिय विधि विज्ञान प्रयोगशाला आवश्यकता परेको हो,’ उहाँले भन्नु भयो।

 

विधेयकमाथिको छलफलका क्रममा उहाँले विधेयक अझै परिपक्व हुन बाँकी रहेको स्वीकार गर्दै सुधारका लागि थप व्यवस्था आवश्यक रहेको बताउनु भयो। ‘विशेषगरी डीएनए प्रमाण सम्बन्धी विषयमा अझै धेरै प्रावधान समेट्न बाँकी छ,’ उहाँले भन्नु भयो। समिति सभापति ओजस्वी शेरचनले विधेयक न्याय प्रणालीका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले विधेयकका धेरै विषय ‘तोकिए बमोजिम’ वा नियमावलीमार्फत व्यवस्था गरिने उल्लेख गरिएकाले ती विषय विधेयकमै स्पष्ट रूपमा समावेश गर्नुपर्ने धारणा राख्नु भएको छ।

 

उहाँले प्रमाण संकलनदेखि प्रयोगशालासम्म पुर्याउने प्रक्रियाको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिइनु भएको छ। उहाँले भन्नु भयो, ‘प्रयोगशाला अत्याधुनिक र दक्ष जनशक्तिसहितको भएपनि त्यहाँ पुग्ने प्रमाण सुरक्षित छ कि छैन भन्ने विषय महत्वपूर्ण हुन्छ। प्रमाण कसरी संकलन गर्ने, कसरी ह्यान्डल गर्ने र कसरी स्थानान्तरण गर्ने भन्ने विषय विधेयकमा स्पष्ट हुनुपर्छ। अन्यथा प्रमाणमा छेडछाड (ट्याम्परिङ) हुने जोखिम रहन्छ र त्यसले सही प्रतिवेदन दिन सक्दैन।’ उहाँले प्रमाणको ‘चेन अफ कस्टडी’ सुनिश्चित गर्ने व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो