प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाको प्रदर्शन

काठमाडौं,२१ जेठ । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै त्यसको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै नेकपा निकट जनवर्गीय सङ्गठनहरूले विरोध जनाएका हुन्।

 

प्रदर्शनमा जनवर्गीय सङ्गठन समन्वय मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय अखण्डता विरुद्ध भएको दाबी गर्नु भएको छ । उहाँले पर्याप्त अध्ययन र तथ्यबिनै प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको आरोप लगाउँदै यसलाई राष्ट्रघाती भनाइको संज्ञा दिनु भयो । पाण्डेले विकसित लोकतान्त्रिक मुलुकमा यस्तो अभिव्यक्ति दिने प्रधानमन्त्रीले संसदबाट बाहिरिनेबित्तिकै राजीनामा दिनुपर्ने अवस्था आउने टिप्पणी गर्नु भएको थियो।

 

उहाँले भन्नु भयोे,‘प्रधानमन्त्रीले भारतले पनि मिचेको छ, हामीले पनि मिचेका छौं भनेर सांसदको उत्तर दिनुभयो । त्यो राष्ट्रिय अखण्डता विरुद्ध र कुनै कुरा नजानीकन केही कुराको अध्ययन नै नगरेको व्यक्तिले बोलेको झैं गरेर बोल्नुभयो । यो राष्ट्रघाती अभिव्यक्ति हो । देशको प्रधानमन्त्रीले यस्तो कुरा बोलेपछि संसदबाट बाहिर निस्कने वित्तिकै राजीनामा दिएर निस्कनुपथ्र्यो ।’ उहाँले संसद छ दिनका लागि स्थगित भइसकेको उल्लेख गर्दै आगामी बैठकमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो भनाइबारे स्पष्टीकरण दिनुका साथै माफी नमागेसम्म संसदको अवरोध हट्ने सम्भावना कम रहेको बताउनु भयो ।

 

‘छ दिनको लागि संसद स्थगित भएको छ । फेरी संसद सुरु हुन लाग्दाखेरी पनि प्रधानमन्त्रीले संसदमा आएर नबोलेसम्म माफी नमागेसम्म संसद खुल्ने सम्भावना म देख्दिन ।’ प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन, सार्वजनिक रूपमा माफी माग्न तथा राष्ट्रिय हित र अखण्डतासम्बन्धी विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन सरकारसँग माग गरेका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो