दक्षिण र दक्षिण–पूर्वी एसियामा ऊर्जा सुरक्षाका लागि अमेरिकी अर्बौँको लगानी

काठमाडौं,२२ जेठ । अमेरिकाले दक्षिण तथा दक्षिण–पूर्वी एसियालाई केन्द्रमा राख्दै इन्डो–प्यासिफिक क्षेत्रमा ऊर्जा सुरक्षा पूर्वाधार निर्माणका लागि १.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । अमेरिकी राजदूत सेरगिओ गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अमेरिकी अन्र्तराष्ट्रिय विकास वित्त कर्पोरेशन (डीएफसी) ले ऊर्जा सुरक्षा पूर्वाधार विस्तारका लागि लगानी प्लेटफर्म स्थापना गर्ने निर्णय गरेको बताउनु भएको छ ।

 

उहाँका अनुसार उक्त परियोजनाले अमेरिकी निजी क्षेत्रको पूँजी परिचालन गरी दक्षिण तथा दक्षिण–पूर्वी एसियामा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) तथा अन्य ऊर्जा पूर्वाधार विकासमा लगानी गर्नेछ । यो डीएफसीको इतिहासकै सबैभन्दा ठूलो एकल परियोजना लगानी भएको बताइएको छ । डीएफसीले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी पूर्वाधार लगानीकर्ता स्क्वार्यड क्यापिटलसँगको साझेदारीमा उक्त लगानी प्लेटफर्म स्थापना गरिनेछ । यसमार्फत ऊर्जा सुरक्षासम्बन्धी पूर्वाधार विस्तार गर्दै क्षेत्रीय ऊर्जा आपूर्तिलाई थप भरपर्दो बनाउने लक्ष्य राखिएको छ ।

 

डीएफसीले हालै २.५ अर्ब डलर बराबरका नयाँ रणनीतिक लगानी स्वीकृत गरेको छ । ती लगानीहरू अमेरिकी आपूर्ति शृङ्खला सुदृढीकरण, ऊर्जा निर्यात विस्तार, क्षेत्रीय शान्ति तथा स्थायित्व प्रवद्र्धन र आर्थिक सहकार्य अभिवृद्धिमा केन्द्रित रहने जनाइएको छ । संस्थाका अनुसार दक्षिण तथा दक्षिण–पूर्वी एसियाका धेरै मुलुकमा आवश्यक ऊर्जा पूर्वाधारको अभावले ऊर्जा सुरक्षामा चुनौती सिर्जना गरेको, मूल्यमा अस्थिरता बढाएको तथा औद्योगिक विकासमा बाधा पु¥याएको छ । नयाँ लगानी प्लेटफर्मले यस्ता समस्यालाई सम्बोधन गर्नुका साथै अमेरिकी प्राकृतिक ग्यास तथा ऊर्जा सम्बन्धी निर्यात विस्तारमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ । अमेरिकी सरकारको अन्तर्राष्ट्रिय लगानी निकाय डीएफसीले निजी क्षेत्रको पूँजी परिचालनमार्फत अमेरिकी विदेश नीति तथा आर्थिक विकासका उद्देश्यहरूलाई प्रवद्र्धन गर्दै आएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु