नियन्त्रणमा लिइएका इभीबारे फिल्डमा खटियो छानबिन गर्न सरकारी टोली

काठमाडौं,२२ जेठ । बजेटअघि नै करको दरसम्बन्धी सूचना चुहिएर विद्युतीय सवारीसाधन (इभी) आयात गरिएको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७७४ वटा इभीबारे सत्यतथ्य छानबिन गर्न गठित सरकारी टोली फिल्डमा खटिएको छ । यो प्रकरणको गम्भीरतालाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले उपसचिव भूपालराज शाक्यको नेतृत्वमा बिहीबार उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार समितिका प्रतिनिधिहरू पोखरा र जोमसोम हुँदै घटनास्थलतर्फ गएका छन् । बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

 

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले नियन्त्रणमा लिइएका ७७४ वटा सवारीसाधनमध्ये अधिकांश बीवाईडी ब्रान्डका रहेको जानकारी दिनु भएको छ । उहाँका अनुसार तीमध्ये धेरै सवारीसाधन नम्बर प्लेटविहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको बेला फेला परेका थिए । प्रहरीले बजेटमार्फत करको दर परिवर्तन हुने सूचना पूर्वजानकारीका आधारमा आयात बढाइएको हुन सक्ने आशंकामा थप अनुसन्धानका लागि सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ । छानबिनबाट भन्सार प्रक्रिया, कर निर्धारण तथा बजेटअघिको आयात गतिविधिमा कुनै अनियमितता भएको पुष्टि भए सम्बन्धित व्यक्ति तथा निकायमाथि कानुनी कारबाही अघि बढाइने प्रहरीको भनाइ छ ।

 

यता, बीवाईडी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले भने नियन्त्रणमा लिइएका सबै सवारीसाधन बीवाईडीका नभएको स्पष्ट पारेको छ । कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा नियन्त्रणमा रहेका सवारीसाधनमध्ये ६४९ मात्र बीवाईडी ब्रान्डका रहेको दाबी गरेको छ ।

 

साइमेक्सले प्रचलित कानुन, भन्सार ऐन तथा सम्बन्धित नियमावलीको पूर्ण पालना गर्दै सवारीसाधन आयात गरिएको जनाएको छ । कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा वा अनधिकृत लाभ नलिएको उल्लेख गर्दै आफूहरू छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ ।

 

कर दर परिवर्तनसम्बन्धी सूचना चुहावट भएको हो वा होइन भन्ने विषयमा सरकारी छानबिन टोलीले अध्ययन थालेसँगै यो प्रकरणले व्यापक चासोको विषय बनेको छ । छानबिन प्रतिवेदनपछि मात्रै आयात प्रक्रिया, कर व्यवस्थापन तथा सम्भावित अनियमितताबारे यथार्थ विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु