रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु

काठमाडौं,२३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ । आज (शनिबार)देशका विभिन्न ३६ जिल्लामा अधिवेशन हुन लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनु भएको छ । आज कोशी प्रदेशका ८ जिल्लामा, मधेशका २ जिल्लामा, बागमती प्रदेशका ९ जिल्लामा, गण्डकी प्रदेशका ५ जिल्लामा र गण्डकी प्रदेशका ५ जिल्लामा अधिवेशन हुने भएको छ । यसैगरी, लुम्बिनी प्रदेशका ८ जिल्लामा, कर्णाली प्रदेशका २ जिल्लामा र सुदुरपश्चिम प्रदेशका ३ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ ।

 

यस्तै, भोलि (आइतबार) देशका विभिन्न २९ जिल्लामा अधिवेशन हुने भएको छ । भोलि कोशी प्रदेशका ४ जिल्लामा, मधेश प्रदेशका ४ जिल्लामा, बागमती प्रदेशका २ जिल्लामा, गण्डकी प्रदेशका ४ जिल्लामा, लुम्बिनी प्रदेशका ३ जिल्लामा, कर्णाली प्रदेशका ६ जिल्लामा र सुदुर पश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ ।

संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेष्ठ २६ गते हुने भएको छ । रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ । योसँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि गर्ने भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेखक तिम्सिनाको कृतिलाई यशस्वी पुस्तक सम्मान प्रदान

पथरी, २३ जेठ / कीर्तिशेष दीपेन्द्रराज तिम्सिनाकाे पुस्तक “गुमनाम एक इतिहास बिसे नगर्ची”लाई  यशस्वी पुस्तक सम्मान २०८१ प्रदान भएको छ।   मोरङ पथरी शनिश्चरेका लेखक

दमकका यी महिलाले ४ दिनको प्रशिक्षणबाटै सिके वाककला : डर हराएको प्रतिक्रिया

दमक,२३ जेठ।“नेपाली समाजमा एउटा स्थापित उखान छ— बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। हो, ज्ञान र कला जतिसुकै भए पनि यदि त्यसलाई निर्धक्कसँग व्यक्त

मलाई न्यायाधीश वा प्रधानमन्त्री मात्र होइन, साहित्यप्रेमीका रूपमा पनि चिन्नुस्ः सुशीला कार्की

काठमाडौं,२३ जेठ । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई साहित्यसँग सधैं नजिक महसुस गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै कालिंगी साहित्य महोत्सवमा आफ्ना जीवनका विविध अनुभवहरू

स्वास्थ्य मन्त्री मेहताद्वारा औषधी व्यवस्था विभागको स्थलगत निरीक्षण

काठमाडौं,२३ जेठ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधी व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालाको स्थलगत भ्रमण गर्नु भएको छ। शुक्रबार गरिएको उक्त भ्रमणका

नीट परीक्षा विवादलाई लिएर दिल्लीमा विरोध प्रदर्शन

काठमाडौं,२३ जेठ । भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ

मुगुको ऐतिहासिक ‘सुनखानी गुफा’ ओझेलमा

मुगु,२३ जेठ । मुगुको सोरु गाउँपालिका स्थित माथिलिब्रु गाउँ नजिक एक ऐतिहासिक तथा प्राचीन सुनखानी गुफा छ, प्रचार प्रसार र सरोकारवालाको ध्यान नजाँदा ओझेलमा परेको