मलाई न्यायाधीश वा प्रधानमन्त्री मात्र होइन, साहित्यप्रेमीका रूपमा पनि चिन्नुस्ः सुशीला कार्की

काठमाडौं,२३ जेठ । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई साहित्यसँग सधैं नजिक महसुस गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै कालिंगी साहित्य महोत्सवमा आफ्ना जीवनका विविध अनुभवहरू सुनाउनु भएको छ।
काठमाडौंमा आयोजित कालिङ्ग साहित्य महोत्सवमा प्रमुख अतिथिका रूपमा बोल्दै कार्कीले महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई दीपावली र दुर्गापूजाजस्तै गौरवको अनुभूति भएको बताउनु भएको छ् ।

आयोजकहरूको निमन्त्रणापछि कार्यक्रममा सहभागी हुन सहर्ष स्वीकार गरेको उल्लेख गर्दै उहाँले यस्ता साहित्यिक कार्यक्रमले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नु भएको छ ।
आफ्नो व्यावसायिक जीवनबारे चर्चा गर्दै कार्कीले ३१ वर्ष वकालत पेशामा बिताएको, त्यसपछि न्यायाधीश र प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेको स्मरण गर्नु भएको छ ।

उहाँले संविधानले न्यायाधीशलाई कार्यकारी भूमिकामा जान निषेध गरेपनि देशमा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउनुपर्ने आवश्यकता देखिएकाले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी स्वीकार गरेको बताउनु भयो। उहाँले उक्त जिम्मेवारी चुनौतीपूर्ण भएपनि न्यायिक पृष्ठभूमिका सहकर्मीहरूको सहयोगका कारण निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सफल भएको उल्लेख गर्नु भयो। त्यसबेला धेरै राजनीतिक दल र बुद्धिजीवीहरूले छ महिनाभित्र निर्वाचन सम्भव नठानेको भएपनि कठोर परिश्रमका कारण लक्ष्य पूरा भएको उहाँको भनाइ थियो ।

 

साहित्यप्रतिको आफ्नो लगावबारे बोल्दै कार्कीले सन् १९८० देखि कविता, कथा तथा अनुवाद लेखनमा सक्रिय रहेको जानकारी दिइनु भयो। वकालत र न्यायिक जिम्मेवारीका कारण केही समय साहित्यबाट टाढिए पनि साहित्यप्रतिको रुचि कहिल्यै नहराएको उहाँले बताउनु भयो । उहाँले जेल जीवनका अनुभवलाई आधार बनाएर ‘कारा’ नामक उपन्यास लेखेको प्रसंग पनि सुनाउनु भयो । २०४६ सालको जनआन्दोलनका क्रममा दुई महिना जेल बसेको अनुभवले उक्त कृति लेख्न प्रेरित गरेको उहाँको भनाइ थियो ।

 

जेलमा रहेका विभिन्न महिलाहरूको जीवन र भोगाइलाई नजिकबाट अध्ययन गरेपछि उपन्यासको विषयवस्तु तयार भएको उहाँले बताउनु भयो । कार्कीले आफ्नो नातीको जन्म र श्रीमानको गम्भीर स्वास्थ्य अवस्थाबीच प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुपरेको भावुक क्षण पनि स्मरण गर्नु भयो । सार्वजनिक जिम्मेवारीका कारण परिवारलाई पर्याप्त समय दिन नसकेको पीडा आफूले अनुभव गरेको उहाँले सुनाउनु भयो। कार्कीले आफूलाई केवल प्रधानमन्त्री, न्यायाधीश वा कानुन व्यवसायीका रूपमा मात्र नहेर्न आग्रह गर्दै आफू साहित्यप्रेमी पनि भएको बताउनु भयो।

जीवनभर संचित गरेका कथा, अनुभव र अधुरा कृतिहरू प्रकाशित गर्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै साहित्यिक समुदायले आफूलाई आफ्नै सदस्यका रूपमा स्वीकार गरिरहनुपर्ने अपेक्षा व्यक्त गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो