चन्द्रपुर अस्पतालमा ‘पानीको थैलीसहित’ शिशुको जन्म

रौतहट,२४ जेठ । रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै एक अत्यन्तै दुर्लभ र अनौठो घटना घटेको छ ।

अस्पतालमा भर्ना भएकी एक सुत्केरी आमाले प्राकृतिक रूपमा कभर गर्ने एम्नियोटिक थैली (गर्भभित्र बच्चा बस्ने पानीको झिल्ली) नजन्मिँदै नजुटिकन, त्यसैभित्र पूर्ण रूपमा ढाकिएको अवस्थामा शिशुलाई जन्म दिनु भएको छ । चिकित्सा क्षेत्रमा यस प्रकारको जन्मलाई ‘एन काउल बर्थ’ भनिन्छ ।

अस्पतालका प्रमुख डा।सुवास चौधरीका अनुसार यो घटना चिकित्सा विज्ञानमा निकै विरलै देख्न पाइन्छ । उहाँका अनुसार सामान्यतया संसारभरका करिब ८० हजार जन्ममध्ये एक पटक मात्र यस्तो विरल संयोग हुने चिकित्सा तथ्याङ्कहरूले देखाउँछ ।

सामान्यतया, महिलाको प्रसव पीडासुरु भएपछि वा बच्चा जन्मिने प्रक्रिया अगाडि बढ्दै जाँदा पाठेघरभित्र रहेको पानीको थैली आफैं फुट्छ, जसलाई लोकबोलीमा ‘पानी बग्नुु वा ‘पानी फुट्न’ भनिन्छ । थैली फुटेपछि मात्र बच्चा बाहिर आउँछ ।

‘एन काउल’ जन्ममा भने सो झिल्ली वा थैली कत्ति पनि नफुटिकन बच्चा पानीसहितको सोही थैलीभित्रै सुरक्षित रहेर बाहिर निस्कन्छ । जन्मिँदा बच्चा दुरुस्तै एउटा पानी भरिएको सानो बेलुन वा अण्डाकार पारदर्शी थैलीभित्र देखिन्छ, जहाँ उसले हातगोडा चलाइरहेको समेत प्रत्यक्ष देख्न सकिन्छ । जन्मिइसकेपछि चिकित्सकहरूले निकै सावधानीपूर्वक उक्त झिल्लीलाई च्यातेर बच्चालाई बाहिर निकाल्छन् र श्वासप्रश्वास प्रक्रिया सुरु गराउँछन् ।

नेपाली तथा विश्व समाजमा परापूर्व कालदेखि नै झिल्लीसहित जन्मिएका बच्चालाई दैवी शक्तिको प्रतीक वा असाधारण भाग्यशाली मान्ने प्रचलन छ । यस्ता बच्चाहरूले जीवनमा ठूलो सफलता प्राप्त गर्ने र समाजमा लोकविश्वास रहिआएको छ ।

चन्द्रपुर अस्पतालका प्रमुख डा। सुवास चौधरीले यस घटनाबारे प्रकाश पार्दै भने, ‘यो घटना हाम्रो अस्पताल र रौतहट क्षेत्रकै लागि एक ऐतिहासिक र सुखद क्षण हो । चिकित्सा विज्ञानमा एन काउल बर्थ अत्यन्तै दुर्लभ र चुनौतीपूर्ण मानिन्छ । प्रसवको क्रममा झिल्ली फुट्न नदिनु र शिशुलाई सकुशल थैलीसहित बाहिर निकाल्नु निकै संवेदनशील कार्य हो ।’

डा। चौधरीका अनुसार हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य र स्वस्थ रहेको छ । अस्पतालको कुशल प्रसूति टोली र आधुनिक उपकरणको सहयोगले यो जटिल प्रसवलाई सुरक्षित रूपमा सम्पन्न गर्न सकिएको उहाँले बताउनु भएको छ।

यो दुर्लभ र अद्भुत दृश्य देखेपछि अस्पतालका स्वास्थ्यकर्मी, सेवाग्राही र शिशुका परिवारजनमा निकै उत्साह र खुसीयाली छाएको छ ।

रौतहट जस्तो क्षेत्रमा रहेको स्थानीय अस्पतालले यस्ता विरल र संवेदनशील घटनालाई सफलतापूर्वक व्यवस्थापन गरेर आफ्नो स्वास्थ्य सेवाको गुणस्तर र विश्वसनीयता पुनः प्रमाणित गरेको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो