रास्वपा सभापति नुवाकोटबाट २५ बर्षीय गजुरेल निर्वाचित

नुवाकोट,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित हुनु भएको छ।

शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उहाँले २५७ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई फराकिलो अन्तरले पराजित गर्नु भएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी शरण महत ले ३७ र राजु लामिछाने ले २८ मत पाउनु भएको थियो।

यसअघि २१ वर्षको उमेरमै जिल्लाको तदर्थ नेतृत्व सम्हालेका गजुरेलले पार्टीको संगठन वडा र पालिका तहसम्म विस्तार भइसकेको भन्दै आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर अघि बढ्ने बताउनु भएको छ। उहाँले निर्वाचन प्राविधिक विषय भएकाले सबैलाई समेटेर अघि बढ्ने पनि बताउनु भएको छ ।

अधिवेशनबाट कृष्णलाल श्रेष्ठ उपसभापति र वसन्त धिताल सचिवमा निर्वाचित भएका छन्। जनजाति सदस्यतर्फ छोपेन तामाङ, महिलातर्फ लक्ष्मी पाण्डे , जानुका सापकोटा, राधिका रिमाल, खुला सदस्य क्षेत्र नम्बर १ मा विपना पाण्डे , क्षेत्र नम्बर २ मा सुवास भण्डारी निर्वाचित भएको रास्वपा नुवाकोटले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय