डिम्याट खातामा राष्ट्रिय परिचय नम्बर अनिवार्य

काठमान्डौं, २४ जेठ । आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा पुराना खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ।

पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले  डिम्याट खाताका लागि साउन १ गतेदेखि राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था लागू हुने भएको हो।डिएस एण्ड क्लियरिङले जारी गरेको सूचनाअनुसार कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकको निर्णयअनुसार उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो।याँ व्यवस्थाअनुसार साउन १ गतेपछि नयाँ डिम्याट खाता खोल्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। त्यसैगरी, यसअघि खोलिएका डिम्याट खाताको विवरण अद्यावधिक केवाईसी अपडेट- गर्ने क्रममा पनि राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्नेछ।

सिडिएसका अनुसार पछिल्ला वर्षहरूमा डिम्याट खाताको संख्या उल्लेख्य रूपमा वृद्धि भएसँगै लगानीकर्ताको एकीकृत पहिचान प्रणाली विकास गर्न र दोहोरो वा त्रुटिपूर्ण विवरण नियन्त्रण गर्न राष्ट्रिय परिचय प्रणालीलाई पूँजीबजारसँग आबद्ध गर्न लागिएको हो।

यस व्यवस्थाले लगानीकर्ताको तथ्यांक व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै पूँजीबजारमा पारदर्शिता, विश्वसनीयता र नियामकीय निगरानीलाई समेत सुदृढ बनाउने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कानुनीरुपमै रक्सी प्रतिबन्ध लगाउनुपर्छ : महेन्द्र यादव

जनकपुर,२४जेठ । नेपाली कांग्रेसका नेता एवम नेपाल भारत युवा संघका केन्द्रिय अध्यक्ष महेन्द्र यादवले रक्सीमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन सरकारलाई आग्रह गर्नु भएको छ ।

वार्ड कार्यालयमा आगजनी र तोडफोड गर्नेलाई जेल चलान

दमक, २४ जेठ । झापाको दमक नगरपालिका–३ को वडा कार्यालयमा आगजनी, तोडफोड तथा लुटपाटको प्रयास गरेको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत झापाले पुर्पक्षका

डिम्याट खातामा राष्ट्रिय परिचय नम्बर अनिवार्य

दमक, २४ जेठ ।  आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा पुराना खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ।

डिम्याट खातामा राष्ट्रिय परिचय नम्बर अनिवार्य

काठमान्डौं, २४ जेठ । आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा पुराना खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको

डिम्याट खातामा राष्ट्रिय परिचय नम्बर अनिवार्य

काठमान्डौं, २४ जेठ । आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा पुराना खाताको केवाईसी अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा बुझाउनुपर्ने भएको