विश्वकपअघि इङ्गल्यान्डको क्याम्प नजिक गोलीकाण्ड

काठमाडौं,२५ जेठ । अमेरिका स्थित मिसौरी राज्यको क्यान्सस सिटीमा फिफा विश्वकप २०२६ सुरु हुन केही दिनअघि भएको गोलीकाण्डमा नौ जना घाइते भएका छन् । घटना इङ्ग्ल्यान्ड राष्ट्रिय टोलीले विश्वकपका क्रममा प्रयोग गर्ने प्रशिक्षण केन्द्र नजिकै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

क्यान्सस सिटी प्रहरीले शनिबार भएको उक्त घटनामा घाइते भएका सबै नौ जनाको अवस्था खतरामुक्त रहेको जनाएको छ । घाइतेमध्ये कम्तीमा तीन जनालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । घटनामा संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहे पनि हालसम्म कुनै पनि संदिग्धलाई पक्राउ गरिएको छैन । गोलीकाण्ड इङ्ग्ल्यान्डको विश्वकप बेस क्याम्पका रूपमा तोकिएको स्वोप सोकर भिलेज प्रशिक्षण केन्द्रबाट करिब चार माइल दूरीमा भएको थियो। इङ्ग्ल्यान्ड टोली भने अझै क्यान्सस सिटी पुगेको छैन । टोलीले विश्वकपअघि फ्लोरिडाको अर्लान्डोमा कोस्टारिकाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

 

घटनाबारे इङ्ग्ल्यान्ड फुटबल संघ ९एफए० ले कुनै टिप्पणी गर्न अस्वीकार गरेको बताइएको छ । यस घटनाले फेरि एकपटक अमेरिकामा बढ्दो बन्दुक हिंसाको विषयलाई चर्चामा ल्याएको छ । ‘गन भायोलेन्स आर्काइभ’को तथ्यांकअनुसार सन् २०२५ मा अमेरिकामा ४०० भन्दा बढी सामूहिक गोलीकाण्डका घटना भएका थिए ।

 

सन् १९६६ मा पहिलो तथा अहिलेसम्मको एकमात्र विश्वकप उपाधि जितेको इङ्ग्ल्यान्ड यसपटक दोस्रो विश्वकप जित्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ । प्रशिक्षकको टोलीमा कप्तान ह्यारी केन, जुड बेलिङ्घम, डेक्लान राइस, जोर्डन पिकफोर्ड र बुकायो साका जस्ता अनुभवी खेलाडी रहेका छन् । साथै कोबी माइनु, मोर्गन रोजर्स र टिनो लिभ्रामेन्टो जस्ता युवा प्रतिभालाई पनि टोलीमा समावेश गरिएको छ । विश्वकप २०२६ मा इङ्ग्ल्यान्ड समूह ‘एल’ मा क्रोएसिया, घाना र पनामासँग प्रतिस्पर्धा गर्नेछ ।

 

टोलीले जुन १७ मा डलासमा क्रोएसियाविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप २०२६ मा ४८ राष्ट्रका १,२४८ खेलाडीले १०४ खेलमा प्रतिस्पर्धा गर्नेछन् । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु