भूतपूर्व गोर्खा सैनिकको मुद्दा : आज नेपाल, बेलायत र भूपू गोर्खाबीच मन्त्रीस्तरीय त्रिपक्षीय वार्ता हुँदै

काठमाडौँ, २५ जेठ । समान पेन्सनलगायतका हकअधिकार र समानताको माग गर्दै लामो समयदेखि आन्दोलनरत भूतपूर्व गोर्खा सैनिकका समस्या समाधानका लागि आज नेपाल, बेलायत र भूपू गोर्खाका प्रतिनिधिबीच मन्त्रीस्तरीय त्रिपक्षीय वार्ता हुँदैछ।

भर्चुअल माध्यमबाट हुन लागेको यो नेपाल र बेलायत सरकारबीचको नवौँ औपचारिक वार्ता हो। बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायत सरकारका तर्फबाट रक्षामन्त्री जोन हिली सहभागी हुने कार्यक्रम रहेको छ। वार्ताको संयोजन बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले गरेका हुन्।

बैठकमा नेपाल सरकारका परराष्ट्र सचिव, युरोप महाशाखाका अधिकारीहरूसहित गोर्खाका तर्फबाट सरकारद्वारा मनोनित प्रतिनिधि जुद्धबहादुर गुरुङ र गोर्खा आन्दोलनका अभियन्ता ज्ञानराज राईको सहभागिता रहनेछ।

१३ बुँदे मागमा अडान, क्षतिपूर्तिमा बेलायतको आनाकानी
सुरुमा वार्तालाई अन्तिम सहमति (नेगोसिएसन) कै तहमा लैजाने तयारी गरिए पनि यसपटक भने गोर्खाहरूले उठाएका विशिष्ट मुद्दाहरूमाथि मात्रै केन्द्रित रहेर छलफल हुने आन्दोलनका अगुवाहरूले जनाएका छन्। वार्तामा भूपू गोर्खाहरूले सुगौली सन्धिको मर्म र समानताको सिद्धान्तका आधारमा आफूहरूमाथि समान व्यवहार हुनुपर्ने मुख्य अडानसहित १३ बुँदे माग बेलायत सरकारसमक्ष प्रस्तुत गर्दैछन्। अधिकार प्राप्तिको यस आन्दोलनमा विभिन्न संघसंस्थाहरू आबद्ध भए पनि सम्पूर्ण गोर्खाहरू एकढिक्का रहेका छन्।

बेलायती सेनाबाट अवकाश पाएका करिब २३ हजार गोर्खाहरू लामो समयदेखि विभिन्न समस्या झेल्दै आएका छन्। गोर्खा आन्दोलनका अभियन्ताहरूका अनुसार हाल समान पेन्सनबाट वञ्चित भएका करिब १५ हजार,पेन्सन नै नदिई सेवाबाट हटाइएका ७ हजार,सन् १९८६ को हवाई दुर्घटनाबाट प्रभावित १११ जना, र करिब ६ हजार विधवा परिवारको समस्यालाई तत्काल सम्बोधन गर्न माग गरिएको छ।

यसका साथै, सेनामा कार्यरत रहँदा भोगेको अन्यायबापत उचित क्षतिपूर्ति दिनुपर्ने र विनाकारण सेवाबाट निकालिएका सैनिकका परिवारको पूर्ण जिम्मेवारी बेलायत सरकारले लिनुपर्ने गोर्खाहरूको मुख्य माग छ। यद्यपि, आर्थिक भार थपिने कारण देखाउँदै बेलायत सरकारले हालसम्म ुक्षतिपूर्तिु दिन र सो शब्द नै स्वीकार गर्न आनाकानी गरिरहेको बुझिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वकप सुरु हुनुअघि नै नेपालमा छायो फुटबलको माहोल

काठमाडौं,२६ जेठ । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका

गृहमन्त्री गुरुङ र विज्ञान तथा प्रविधि मन्त्री पुनद्वारा शपथ ग्रहण

काठमाडौं,२६ जेठ । गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ ग्रहण गर्नु भएकोे छ ।मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित

जातीय विभेदविरुद्ध ६० लाख दलित एकजुट हुनुपर्नेमा जोड

काठमाडौं,२६ जेठ । परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् । मंगलबार काठमाडौंमा ‘परियार सेवा समाज’को

बुद्ध एयरद्वारा नेपाली सेनालाई विमानको फ्युजलेज हस्तान्तरण

काठमाडौं,२६ जेठ । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित

कांग्रेसका ५ लाख बढी सदस्यले गरे सदस्यता अद्यावधिकः सभापति थापा

रौतहट,२६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिनु भएको छ् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’

रामेछाप,२६ जेठ । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ । जिल्ला