अनुसन्धान जारी

झापामा लागुऔषध विरुद्ध प्रहरीको एक्सनः पाँच जना पक्राउ

झापा,२५ जेठ । झापामा प्रतिबन्धित लागुऔषध र अवैध औषधिको ओसारपसार विरुद्ध प्रहरीले आफ्नो सक्रियतालाई थप तीव्र बनाएको छ। पछिल्लो २४ घण्टाभित्र जिल्लाका विभिन्न तीन स्थानमा गरिएका छुट्टाछुट्टै कारबाहीका क्रममा प्रहरीले ब्राउन सुगर र प्रतिबन्धित औषधि सहित ५ जनालाई नियन्त्रणमा लिन सफल भएको छ। पहिलो घटना, झापाको व्यापारिक केन्द्र बिर्तामोडको हो। बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित न्युटन अंग्रेजी स्कुल नजिकै लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले गएराति एक घरमा छापा मारेको थियो। स्थानीय २८ वर्षीय राजु राजवंशीको कोठाबाट प्रहरीले करिब ३ ग्राम प्रतिबन्धित ब्राउन सुगर बरामद गरेको छ। कारोबारमा संलग्न रहेको आरोपमा राजवंशीसहित ३० वर्षीय विक्रम भनिने अभिनास चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

त्यस्तै, सीमावर्ती क्षेत्र झापा गाउँपालिका वडा नम्बर ४ पेच्कर बस्तीमा गस्तीमा खटिएको प्रहरी टोलीले भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका दुई जनालाई प्रतिबन्धित औषधिसहित समातेको छ। पक्राउ पर्नेहरूमा ताप्लेजुङका २५ वर्षीय विजय लिम्बु र पाँचथरकी २३ वर्षीया एलिना तामाङ रहेका छन्। चेकजाँचका क्रममा उनीहरूले ’निटाजेन–टेन’ नामक प्रतिबन्धित औषधि सेवन गरेको पाइएको र विजयको साथबाट थप ७ ट्याब्लेट बरामद भएपछि प्रहरी चौकी टाघनडुब्बाले उनीहरूलाई हिरासतमा लिएको छ।

 

यसैगरी, सोही वडाको सुकुम्बासी बस्ती क्षेत्रमा भारतबाट साइकलमा नेपाल प्रवेश गर्दै गरेका गौरीगञ्जका २० वर्षीय जीवन राजवंशी पनि प्रहरीको फन्दामा परेका छन्। शंका लागेर चेकजाँच गर्दा उनको साइकलको ह्यान्डीलभित्र कालो प्लास्टिकमा लुकाएर ल्याइएको १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर फेला परेको छ। उनलाई पनि साइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

 

पछिल्ला महिनाहरूमा खुला सिमानाको फाइदा उठाउँदै झापामा लागुऔषध भित्रिने क्रम बढेपछि प्रहरीले सीमा नाका र संवेदनशील क्षेत्रहरूमा कडा निगरानी थालेको छ। पक्राउ परेका पाँचै जना माथि लागुऔषध सम्बन्धी कसुर अन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाइएको छ। यस्ता अवैध गतिविधि रोक्न नागरिकको सचेतता र प्रहरीको सक्रियता दुवै उत्तिकै आवश्यक देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु