दशकौंदेखि थाँती समस्याहरु बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक हो:वाग्ले

काठमाडौं,२५ जेठ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताउनु भएको छ ।

सोमबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८३–०८४ को बजेट सम्बन्धी नीति संवाद कार्यक्रमा बोल्दै उहाँले बजेट भनेको सरकारले कहाँबाट स्रोत जुटाउँछ, कहाँ खर्च गर्छ भन्दैगर्दा त्यसका लागि लगभग ७० प्रतिशत तय भइसक्ने जानकारी दिनु भयो । त्यसैले बजेट आउँछ सबै समाधान हुन्छ भन्ने सोच गलत भएको बताउनु भएको छ ।

उहाँले भन्नु भयो,‘स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ । बजेटका सन्दर्भमा अलिकति अतिरञ्जना पनि भएको छ । देशमा दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ कि भन्ने अपेक्षा अलिक अव्यवहारिक पनि छ । सायद हामीले पनि सोही विषयलाई मलजल गरिरहेकै होलाऔं । बजेट आउँछ सबै समाधान हुन्छ भन्ने होइन् । सरकारले कहाँबाट स्रोत जुटाउँछ कहाँ खर्च गर्छ भन्ने कुरामा लगभग ७० प्रतिशत तय भइसकेको हुन्छ ।’

त्यस्तै मन्त्री वाग्लेले विगत तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा र संरचनाहरु नचलाएको अवस्थामा यसवर्ष भने त्यो प्रयत्न भएको बताए ।

यद्यपी, समयको चापले गर्दा अझ बढि परिपक्कताकासाथ काम गर्न नसकिएको उनले स्वीकार गरे । समग्र करहरुको बोझ घटाउने चुनाव अघिको प्रतिबद्धता सरकारले पूरा गर्ने जमर्को गरेको उनको भनाई छ ।काठमाडौं,२५ जेठ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताउनु भएको छ ।

सोमबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८३–०८४ को बजेट सम्बन्धी नीति संवाद कार्यक्रमा बोल्दै उहाँले बजेट भनेको सरकारले कहाँबाट स्रोत जुटाउँछ, कहाँ खर्च गर्छ भन्दैगर्दा त्यसका लागि लगभग ७० प्रतिशत तय भइसक्ने जानकारी दिनु भयो । त्यसैले बजेट आउँछ सबै समाधान हुन्छ भन्ने सोच गलत भएको बताउनु भएको छ ।

उहाँले भन्नु भयो,‘स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ । बजेटका सन्दर्भमा अलिकति अतिरञ्जना पनि भएको छ । देशमा दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ कि भन्ने अपेक्षा अलिक अव्यवहारिक पनि छ । सायद हामीले पनि सोही विषयलाई मलजल गरिरहेकै होलाऔं । बजेट आउँछ सबै समाधान हुन्छ भन्ने होइन् । सरकारले कहाँबाट स्रोत जुटाउँछ कहाँ खर्च गर्छ भन्ने कुरामा लगभग ७० प्रतिशत तय भइसकेको हुन्छ ।’

त्यस्तै मन्त्री वाग्लेले विगत तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा र संरचनाहरु नचलाएको अवस्थामा यसवर्ष भने त्यो प्रयत्न भएको बताए ।

यद्यपी, समयको चापले गर्दा अझ बढि परिपक्कताकासाथ काम गर्न नसकिएको उनले स्वीकार गरे । समग्र करहरुको बोझ घटाउने चुनाव अघिको प्रतिबद्धता सरकारले पूरा गर्ने जमर्को गरेको उनको भनाई छ ।

‘तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा संरचनाहरु चलाएका थिएनौं । यसवर्ष प्रयत्न भएको छ । यद्यपी, समयको चापले गर्दा अझ बढि परिपक्कताकासाथ काम गर्न सकिन्थ्यो होला । निर्वाचन अगाडि नै समग्र करहरुको बोझ घटाउँछौं भनेर हामीले बाचापत्रमा भनेका थियौं । त्यो बाचालाई न्याय गर्ने हिसाबले यसमा हात हालेको हौं ।’

त्यस्तै उनले पुन बजेटले मात्र सबै समाधान नगर्ने धारणा दोहोरर्याउँदै बजेटले रोपेका बिऊहरु र त्यसले गरेको केही रणनीतिक लगानीको जगहरुमा निजी क्षेत्रले अर्थतन्त्रलाई वृद्धि गर्ने धारणा राखे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही