सिरहामा मोबाइल नष्ट गरिएको घटनाको छानबिन गर्न महासंघको माग

काठमाडौँ,२५ जेठ। नेपाल मोबाइल ब्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम बढेको बताएको छ। महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै परीक्षाको मर्यादा कायम नभएको निहुँमा अन्य विकल्पमा नगएर मोबाइल जफत गरी नष्ट गर्ने कार्य गर्नुलाई जायज मान्न नसकिने बताउँदै सो घटनाको सत्यतथ्य छानबिन गरि विद्यार्थीहरुलाई न्याय दिन माग गरेको छ।यस्तै पानीमा डुबाउँदैमा ती मोबाइलका चिप्स नष्ट नहुने र त्यसका लागि नेपालमा कुनै विधि नभएको हुँदा डाटा चोरी हुनसक्ने जोखिम रहेको पनि महासंघले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

 

‘मोबाइल फोनको सन्दर्भमा हाम्रो आफ्नो उत्पादन क्षमता नभएको र अन्तर्राष्ट्रिय बजारबाट आयातमा नै निर्भर रहनुपर्ने अवस्थामा यो घटनाले नेपालीलाई थप आर्थिक भार थोपर्ने हाम्रो बुझाइ छ। यस्तै ती मोबाइल फोनमा भएका सम्बन्धित ब्यक्तिका निजी डाटाहरु पनि नष्ट भएका छन, जुन कुनै मूल्यसँग तुलना नै हुँदैन, यो अत्यन्तै गम्भीर विषय हो,’ महासंघका अध्यक्ष रमेशकुमार घिमिरे र महासचिव छतेन्द्र आचार्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ।

 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ती मोबाइलमा भएका चिप्सहरु पानीमा डुबाउँदैमा नष्ट नहुने र त्यसलाई नेपालमा नष्ट गर्ने कुनै विधिको अभ्यास पनि नभएको हुँदा त्यसको जिम्मेवारी अब कसले लिने भन्ने गम्भीर प्रश्न खडा भएको छ। अब ती मोबाइलमा प्रयोग भएका डाटासमेत चोरी हुने जोखिम छ।’ महासंघले ती मोबाइलको मूल्य १ करोड भन्दा बढी हुन आउने र त्यसले देशको अर्थतन्त्रलाई समेत घाटा बनाएको दाबी गरेको छ।

 

यसैगरी महासंघले प्रयोग भइसकेका मोबाइल फोनहरुको दोस्रो विक्री (सेकेन्ड ह्यान्ड) कारोबारलाई वैध बनाउन पनि सरकारसँग माग गरेको छ। यसो गर्दा निश्चित रकम सरकारको राजश्वमा जम्मा हुने विधि अपनाउन सकिने र देशको पैसा देश भित्रै रहने वातावरण बन्ने हुँदा देशको ठूलो धनराशि जोगिने महासंघको दाबी छ। यस्तो अभ्यास विदेशका केही मुलुकमा रहेको पनि महासंघले बताउँदै आइरहेको छ।

 

सिराहामा एसइई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षाको मर्यादा विपरीत मोबाइल फोन लिएर परीक्षा हलभित्र प्रवेश गरेका विद्यार्थीहरूबाट सातवटा आइफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल फोन र पाँचवटा स्मार्टवाच खोसिएको थियो। यस्तै यी सामग्री जिल्ला प्रहरी कार्यालय सिरहाले पानीमा डुबाएर नष्ट गरेकोथियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार घोषणा

काठमाडौँ ,२५ जेठ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक डा गौरीशंकर लाल दास

सिरहामा मोबाइल नष्ट गरिएको घटनाको छानबिन गर्न महासंघको माग

काठमाडौँ,२५ जेठ। नेपाल मोबाइल ब्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम

लुम्बिनी प्रदेशका मन्त्री लाई पदबाट बर्खास्त गर्न जसपा नेपालकाे माग

काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिरलाई पदबाट बर्खास्त गर्न माग गरेको छ । अदालतको फैसलालगत्तै कानुनी स्थितिको आधिकारिक जानकारी गराए पनि लुम्बिनी

दशकौंदेखि थाँती समस्याहरु बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक हो:वाग्ले

काठमाडौं,२५ जेठ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताउनु भएको छ । सोमबार काठमाडौंमा

फिलिपिन्समा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु, सुनामीको उच्च सतर्कता

मनीला (एजेन्सी)  जेठ २५ फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९

जेन जी आन्दोलनमा सुधन गुरुङ देखि स्वागत नेपाल सम्मको गोप्य बैठक,यसरी हुन्थ्यो बङ्लादेश शैली मा सत्ता पल्टाउने योजना

काठमाडौँ,२५ जेठ । जेन(जी ले गरेको शान्तिपूर्ण आन्दोलन एकाएक कसरी हिंसात्मक र ध्वंसात्मक बन्यो ? के यो तत्कालको आक्रोश मात्रै थियो कि यसको पछाडि कुनै