डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार घोषणा

काठमाडौँ ,२५ जेठ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक डा गौरीशंकर लाल दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ । साथै, डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०२६ संस्थागततर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई प्रदान गरिएको छ ।

 

सोमबार आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । राष्ट्रिय शान्ति पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ भने अन्तर्राष्ट्रिय पुरस्कार अन्तर्गत प्रशंसापत्रसहित नेपालको संस्कृति झल्कने आकर्षक उपहार प्रदान गरिएको समितिले जनाएको छ । पुरस्कार प्राप्त डा.गौरीशंकर लाल दास चिकित्सा विज्ञान, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति तथा मानवीय सेवाका क्षेत्रमा दीर्घकालदेखि सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याउँदै आँउनु भएको थियो।

 

त्यस्तै, डा. रामप्रसाद पोखरेलले नेपालको नेत्रचिकित्सा क्षेत्रको विकास, आधुनिक आँखा उपचार सेवाको विस्तार तथा नेपाल नेत्रज्योति संघको स्थापना र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ। अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित कोइकाले नेपालमा शिक्षा, स्वास्थ्य, सुशासन, सूचना प्रविधि, प्राविधिक तथा व्यावसायिक शिक्षा, विपद् व्यवस्थापन र संस्थागत क्षमता विकासलगायतका क्षेत्रमा दीर्घकालीन सहयोग गर्दै आएको छ । कार्यक्रममा पुरस्कार छनोट तथा शिक्षा र समाजसेवाको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप प्रा डा मोहन लोहनी, प्राडा जयराज आचार्य र प्राडा प्रेमकुमार खत्रीलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।

 

पुस्तकालय विकास समितिकी अध्यक्ष प्राडा बिणा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य चन्द्र किरण श्रेष्ठले संस्थाका गतिविधिबारे जानकारी गराउनु भएको थियो। समितिले हालसम्म १२ पटक उक्त पुरस्कार प्रदान गरिसकेको छ । नेपालको बौद्धिक, ऐतिहासिक तथा शान्ति चिन्तनको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै पुर्याएका इतिहासकार, चिन्तक तथा राजनीतिज्ञ डा.डिल्लीरमण रेग्मीको नाममा स्थापित यो पुरस्कारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति, मानवता र विकासका क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वकप सुरु हुनुअघि नै नेपालमा छायो फुटबलको माहोल

काठमाडौं,२६ जेठ । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका

गृहमन्त्री गुरुङ र विज्ञान तथा प्रविधि मन्त्री पुनद्वारा शपथ ग्रहण

काठमाडौं,२६ जेठ । गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ ग्रहण गर्नु भएकोे छ ।मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित

जातीय विभेदविरुद्ध ६० लाख दलित एकजुट हुनुपर्नेमा जोड

काठमाडौं,२६ जेठ । परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् । मंगलबार काठमाडौंमा ‘परियार सेवा समाज’को

बुद्ध एयरद्वारा नेपाली सेनालाई विमानको फ्युजलेज हस्तान्तरण

काठमाडौं,२६ जेठ । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित

कांग्रेसका ५ लाख बढी सदस्यले गरे सदस्यता अद्यावधिकः सभापति थापा

रौतहट,२६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिनु भएको छ् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’

रामेछाप,२६ जेठ । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ । जिल्ला