सरकारले ल्याउने भयो ‘स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना’

काठमाडौं,२६ जेठ । सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार प्रक्रियालाई छिटो, सरल र प्रविधिमैत्री बनाउन ‘स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना २०८३’ लागू गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको कार्ययोजना अनुसार स्टार्टअप उद्यमीले एकीकृत डिजिटल प्रणालीमार्फत दर्ता, अनुमति तथा आवश्यक सरकारी सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसका लागि वान डोर बिजनेस रजिष्ट्रेसन प्लेटफर्म सञ्चालनमा ल्याइने व्यवस्था गरिएको छ ।

कार्ययोजनाले व्यवसाय दर्ताको झन्झट कम गर्दै अनलाइन प्रणाली, अटो–फिल तथा अटो–रिट्रिभल प्रविधिको प्रयोग, समर्पित हेल्प डेस्क तथा एआईमा आधारित जानकारी प्रणालीमार्फत सेवा प्रवाह गर्ने लक्ष्य लिइएको छ ।

यस्तै, स्टार्टअप उद्यमीलाई व्यवसाय विकास, मेन्टरिङ, परामर्श, नेटवर्किङ र सहजीकरण सेवासमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस योजनाले नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तारमा सहयोग पु¥याउने सरकारको योजना छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु