औद्योगिक क्षेत्रका उद्योगलाई बक्यौता तिर्न ७ दिने अन्तिम चेतावनी

काठमाडौं,२६ जेठ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग, व्यापारिक प्रतिष्ठान र कार्यालयहरूलाई वर्षौंदेखिको बाँकी बक्यौता रकम सात दिनभित्र चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ । लिमिटेडको केन्द्रीय कार्यालय बालाजुले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै पाटन, बालाजु, हेटौंडा, पोखरा, बुटवल, नेपालगन्ज, भक्तपुर, राजविराज (गजेन्द्रनारायण सिंह) र वीरेन्द्रनगर औद्योगिक क्षेत्रका सयौं उद्योगहरूको नाम र उनीहरूले तिर्नुपर्ने बक्यौता विवरण सार्वजनिक गरेको हो ।

 

उद्योगहरूले औद्योगिक क्षेत्रभित्र प्रयोग गरेबापतको जमिन तथा भवन बहाल, विद्युत महसुल, पानी महसुल र अन्य सेवा शुल्क बापतको ठूलो रकम लामो समयदेखि नबुझाएपछि लिमिटेडले कडा कदम चालेको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र उद्योग मन्त्रालयको २०८३ जेठसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी बक्यौता बालाजु औद्योगिक क्षेत्रको देखिएको छ । जहाँका १५१ उद्योगहरूले कुल ४३ करोड ९८ लाख ६७ हजार रुपैयाँ तिर्न बाँकी छ । त्यसैगरी, हेटौंडा औद्योगिक क्षेत्रका १३१ उद्योगको २० करोड ९० लाख ३१ हजार र पाटन औद्योगिक क्षेत्रका ९४ उद्योगको १० करोड ९० लाख ४८ हजार रुपैयाँ बक्यौता रहेको छ ।

 

अन्य क्षेत्रहरूमा बुटवलका ५८ उद्योगको ४ करोड ५७ लाख ८५ हजार, पोखराका ७१ उद्योगको ४ करोड ४१ लाख, र भक्तपुरका १७ उद्योगको १ करोड ७१ लाख ६८ हजार रुपैयाँ उठ्न बाँकी छ । नेपालगन्जमा १ करोड ३४ लाख २५ हजार, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा ६३ लाख ३२ हजार र विरेन्द्रनगरमा ६ लाख ६२ हजार रुपैयाँ बक्यौता देखिएको छ ।

 

लिमिटेडले पटक–पटक पत्राचार र ताकेता गर्दा पनि उद्योगहरूले महसुल बुझाउन आलटाल गरेपछि सार्वजनिक सूचना नै निकालेर सात दिनको समयसीमा तोकेको हो । बक्यौता रकम नबुझाउँदा औद्योगिक क्षेत्रभित्र पूर्वाधार निर्माण, मर्मत सम्भार र सेवा सुविधाहरू उपलब्ध गराउन कठिनाइ भएको लिमिटेडको भनाइ छ । बक्यौता नतिर्नेहरूको सूचीमा मुलुकका प्रतिष्ठित व्यावसायिक घरानादेखि साना उद्योगसम्म गरी ६०० भन्दा बढी फर्महरू रहेका छन् ।

 

तोकिएको सात दिनको अवधिभित्र बाँकी रहेको सम्पूर्ण बक्यौता रकम दाखिलागरी राफसाफ नगरेमा लिमिटेडले सम्झौताका सर्तहरू र नियमानुसार कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ । यस प्रक्रियाअन्तर्गत उद्योगलाई उपलब्ध गराइँदै आएका जग्गा, भवन, विद्युत्, पानी जस्ता अत्यावश्यक सेवा सुविधाहरू कटौती गर्नेदेखि लिएर उद्योगसँगको सम्झौता नै खारेज गर्नेसम्मका कारबाही हुन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वकप सुरु हुनुअघि नै नेपालमा छायो फुटबलको माहोल

काठमाडौं,२६ जेठ । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका

गृहमन्त्री गुरुङ र विज्ञान तथा प्रविधि मन्त्री पुनद्वारा शपथ ग्रहण

काठमाडौं,२६ जेठ । गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ ग्रहण गर्नु भएकोे छ ।मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित

जातीय विभेदविरुद्ध ६० लाख दलित एकजुट हुनुपर्नेमा जोड

काठमाडौं,२६ जेठ । परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् । मंगलबार काठमाडौंमा ‘परियार सेवा समाज’को

बुद्ध एयरद्वारा नेपाली सेनालाई विमानको फ्युजलेज हस्तान्तरण

काठमाडौं,२६ जेठ । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित

कांग्रेसका ५ लाख बढी सदस्यले गरे सदस्यता अद्यावधिकः सभापति थापा

रौतहट,२६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिनु भएको छ् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’

रामेछाप,२६ जेठ । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ । जिल्ला