वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’

रामेछाप,२६ जेठ । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार जारी गरेको सूचनामा वर्षाका कारण राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी सवारी आवागमन रोकिएको जनाइएको छ ।

 

प्रहरीका अनुसार सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशित गरी राजमार्ग पुनः सञ्चालनमा आएको जानकारी दिइनेछ । सुरक्षाका लागि यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

 

गत वर्ष आएको बाढीले बगाएको बीपी राजमार्गको रोशी खण्डमा क्षति पुगेको छ । सो स्थानमा सडक निर्माण नहुँदा खोलाबाट नै सडक सञ्चालन गरिएको छ । खोलामा सानो बाढी आउने बित्तिकै सडक रोकिने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वकप सुरु हुनुअघि नै नेपालमा छायो फुटबलको माहोल

काठमाडौं,२६ जेठ । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका

गृहमन्त्री गुरुङ र विज्ञान तथा प्रविधि मन्त्री पुनद्वारा शपथ ग्रहण

काठमाडौं,२६ जेठ । गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ ग्रहण गर्नु भएकोे छ ।मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित

जातीय विभेदविरुद्ध ६० लाख दलित एकजुट हुनुपर्नेमा जोड

काठमाडौं,२६ जेठ । परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् । मंगलबार काठमाडौंमा ‘परियार सेवा समाज’को

बुद्ध एयरद्वारा नेपाली सेनालाई विमानको फ्युजलेज हस्तान्तरण

काठमाडौं,२६ जेठ । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित

कांग्रेसका ५ लाख बढी सदस्यले गरे सदस्यता अद्यावधिकः सभापति थापा

रौतहट,२६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिनु भएको छ् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’

रामेछाप,२६ जेठ । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ । जिल्ला