अर्थमन्त्रीले संसद्लाई धम्की दिएको भन्दै वर्षमान पुनको आपत्ति

काठमाडौं,२९ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्लाई धम्की दिएको भन्दै आपत्ति जनाउनु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले अर्थमन्त्रीले बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा धम्की दिएको भन्दै आपत्ति जनाउनु भएको हो ।

 

उहाँले भन्नु भयो,‘हामीले अर्थमन्त्री ज्युलाई शंंकाको लाभ दिएकै थियौं हाम्रो दलको तर्फबाट । हामी यहाँ संसदमा विभिन्न समय सुन्ने समय, विशेष समय केही कुराहरु उठिराखेका थिए । हिजै मात्र सार्वजनिक लेखा समिति र हिजोकै आर्थिक विधेयकमाथिको छलफलको क्रममा सैद्धान्तिक छलफलका क्रममा जसरी अर्थमन्त्री ज्युले जवाफ दिनुभयो त्यसमा संसद्को अवमूल्यन भएको छ । समितिको अबमूल्यन भएको छ । धाकधम्की प्रयोग गर्ने, धम्क्याउने कोसिस भएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ ।’

 

कार्यपालिकाका सदस्य, संसद् र समितिप्रति जवाफदेही हुनुपर्ने उनले बताए । अर्थमन्त्रीले संसद्को मानहानी गरेको उहाँको भनाई छ । ‘अर्थमन्त्रीले सातवटा करका दर हेरफेर गरेँ भनेर खुलमखुला स्वीकार गर्नुभयो । यो आर्थिक अपराध हो । हामीले अपराध गर्नुभयो भनेका थिएनौँ । उहाँले धम्की दिँदै गरेकै हो, के गर्छौं भन्नुभएको छ । संसद्को मानहानी भएको छ,’ उहाँले भन्नु भयो । यसैगरी उहाँले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हट्नुपर्ने बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘जेठ १७ गते सम्मानिय प्रधानमन्त्री ज्युले राष्ट्रिय स्वाधिनता, सिमा रक्षा र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा व्यक्त गरेको विचारबारे हामीले पटक पटक संसदमा विषय राखिसकेका छौं । परराष्ट्र मन्त्री ज्युले स्पष्टिकरण दिने प्रयास गर्नुभयो । त्यो पर्याप्त छैन । त्यसबारे प्रधानमन्त्री ज्युले नै जवाफ दिनुपर्छ । संसदको अभिलेखबाट नेपालले पनि भारतको भूमी मिचेको छ भन्ने अभिव्यक्ति हट्नुपर्छ भन्ने कुरा राख्दै आएका छौं । यसमा सम्मानीय सभामुख ज्युको रुलिङ होस् ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक बहुमुखी क्याम्पसमा ‘एकेडेमिया–इन्डस्ट्री डायलग प्रोग्राम’ सुरु

दमक,२९ जेठ । के केवल किताबी ज्ञान र सर्टिफिकेटले मात्रै आजको आधुनिक र प्रतिस्पर्धी बजारमा टिक्न सकिएला? पक्कै पनि सकिँदैन। यही यथार्थलाई बुझेर झापाको प्रतिष्ठित

नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

काठमाडौं,२९ जेठ । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआईका सह–संस्थापक डा।प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने

काभ्रे बस दुर्घटना , १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

रामेछाप,२९ जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ । घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

काठमाडौं,२९ जेठ। सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाच स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाप्रति मोबाइल व्यवसायीहरूले आपत्ति

राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

काठमाडौं,२९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गर्नु भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै

बालश्रम अन्त्यको प्रश्न अझै अनुत्तरित , सडकदेखि होटलसम्म उस्तै दृश्य

काठमाडौं,२९ जेठ । आज विश्व बालश्रम विरुद्ध दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ । यो दिवसका दिन