राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

काठमाडौं,२९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गर्नु भएको छ

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले विगतदेखि कार्यान्वयन हुन नसकेको राष्ट्रियसभा सम्बन्धी नीति तथा सार्वजनिक गुठी जग्गासम्बन्धी प्रतिवेदन तत्काल लागू गर्न सरकारसँग माग गर्नु भएको छ ।

‘वर्तमान सरकार सुशासनको लागि बनेको हो । यो सरकारलाई राष्ट्रिय सभा नीति २०७४ जुन कुनै पनि सरकारले लागू गर्न आँट गरेन, त्यसलाई चाडै लागू गरियोस्,’ उहाँले भन्नु भयो, ‘त्यस्तै सरकारी सार्वजनिक गुठी जग्गाको प्रतिवेदन पूर्वन्यायाधीश मोहन रमन भट्टराईको प्रतिवेदन मन्त्रालयमा जम्मा छ । तर त्यसको केही काम भएको छैन ।’

सांसद सिंहले राष्ट्रियसभा सम्बन्धी नीति २०७४ कुनै पनि सरकारले साहसपूर्वक कार्यान्वयन गर्न नसकेको उल्लेख गर्दै सरकारले यसलाई शीघ्र लागू गर्नुपर्ने बताउनु भयो।

उहाँले सरकारी तथा सार्वजनिक गुठी जग्गासम्बन्धी अध्ययन आयोगका अध्यक्ष पूर्व न्यायाधीश मोहनरमन भट्टराईले बुझाएको प्रतिवेदन मन्त्रालयमा थन्किएको अवस्थामा रहेको बताउनु भएको छ ।

उहाँले प्रतिवेदनमा देशका विभिन्न स्थानका सार्वजनिक तथा गुठी जग्गा राजनीतिक दलका नेता तथा प्रभावशाली व्यक्तिहरूले अतिक्रमण गरेको भन्दै उहाँले आयोग नै विघटन गरिएको आरोप समेत लगाउनु भयो ।

कुनै पनि सरकारले पूर्ण रूपमा लागू गर्न नसकेको भन्दै उहाँले त्यसलाई कार्यान्वयनमा ल्याउन वर्तमान सरकारसँग माग गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक बहुमुखी क्याम्पसमा ‘एकेडेमिया–इन्डस्ट्री डायलग प्रोग्राम’ सुरु

दमक,२९ जेठ । के केवल किताबी ज्ञान र सर्टिफिकेटले मात्रै आजको आधुनिक र प्रतिस्पर्धी बजारमा टिक्न सकिएला? पक्कै पनि सकिँदैन। यही यथार्थलाई बुझेर झापाको प्रतिष्ठित

नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

काठमाडौं,२९ जेठ । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआईका सह–संस्थापक डा।प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने

काभ्रे बस दुर्घटना , १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

रामेछाप,२९ जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ । घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

काठमाडौं,२९ जेठ। सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाच स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाप्रति मोबाइल व्यवसायीहरूले आपत्ति

राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

काठमाडौं,२९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गर्नु भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै

बालश्रम अन्त्यको प्रश्न अझै अनुत्तरित , सडकदेखि होटलसम्म उस्तै दृश्य

काठमाडौं,२९ जेठ । आज विश्व बालश्रम विरुद्ध दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ । यो दिवसका दिन