काभ्रे बस दुर्घटना , १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

रामेछाप,२९ जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ । घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

धुलिखेल अस्पतालका अनुसार घाइतेहरूमा काभ्रे रोशीका २२ वर्षीय अनिस तामाङ, बर्दियाका २५ वर्षीय सुरेशबहादुर बादी, रोशीकी २० वर्षीया विष्णुडाल्मा तामाङ, ६० वर्षीय डम्बरबहादुर शाह, ३० वर्षीय चन्द्र तामाङ, ४३ वर्षीय कृष्णबहादुर तामाङ, १८ वर्षीया रमिता वाइबा, ४० वर्षीय मानव तामाङ, ३४ वर्षीय गोइयासिं तामाङ, ६२ वर्षीया विष्णुमाया लामा, ४३ वर्षीय मनुराज तामाङ र ‘सुवास’ भनिने थप पहिचान नखुलेका ५–६ वर्षका एक बालक रहेका छन् ।

त्यस्तै, एक वर्षकी बालिका र ६०–६५ वर्षका पुरुषको पहिचान खुलेको छैन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो। बस नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा दुर्घटनामा परेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक बहुमुखी क्याम्पसमा ‘एकेडेमिया–इन्डस्ट्री डायलग प्रोग्राम’ सुरु

दमक,२९ जेठ । के केवल किताबी ज्ञान र सर्टिफिकेटले मात्रै आजको आधुनिक र प्रतिस्पर्धी बजारमा टिक्न सकिएला? पक्कै पनि सकिँदैन। यही यथार्थलाई बुझेर झापाको प्रतिष्ठित

नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

काठमाडौं,२९ जेठ । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआईका सह–संस्थापक डा।प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने

काभ्रे बस दुर्घटना , १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

रामेछाप,२९ जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ । घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

काठमाडौं,२९ जेठ। सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाच स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाप्रति मोबाइल व्यवसायीहरूले आपत्ति

राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

काठमाडौं,२९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गर्नु भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै

बालश्रम अन्त्यको प्रश्न अझै अनुत्तरित , सडकदेखि होटलसम्म उस्तै दृश्य

काठमाडौं,२९ जेठ । आज विश्व बालश्रम विरुद्ध दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ । यो दिवसका दिन