नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

काठमाडौं,२९ जेठ । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआईका सह–संस्थापक डा।प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने सुझाव दिनु भएको छ ।

नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)ले नेपालस्थित भारतीय दूतावाससँगको सहकार्यमा काठमाडौंमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले कृत्रिम बुद्धिमत्ताले विश्वव्यापी रूपमा अर्थतन्त्र, उद्योग र शासनलाई द्रुत रूपमा आकार दिँदै गएकाले नेपालजस्ता उदीयमान अर्थतन्त्रले एआईको प्रयोगमा ध्यान दिनुपर्ने औंल्याउनु भयो ।

उदीयमान अर्थतन्त्रहरूले सार्वभौम एआई क्षमताहरू निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।

स्वदेशी एआई क्षमताहरू निर्माण गर्न दुई देशहरू बीच छलफल र सहयोग आदनप्रदान जरुरी रहेको पनि उहाँले बताउनु भयो । उहाँले एआईका सम्भावनाहरू छलफल गर्न व्यवसाय, सरकार, शिक्षाविद् र प्रविधि क्षेत्रका व्यक्तिहरु एकै ठाउँमा आउनुपर्ने बताउनु भयो ।

स्टार्टअपहरू, एसएमईहरू, नीति निर्माताहरू, शिक्षाविद्हरू र लगानीकर्ताहरूलाई उत्पादकता, उद्यमशीलता र आर्थिक रूपान्तरणको लागि एआईबाट लाभ उठाउन सक्नेगरी योजनाहरु बनाउनुपर्नेमा उहाँको जोड थियो ।

उहाँले स्थानीय आवश्यकता र प्राथमिकताहरूलाई सम्बोधन गर्ने क्षमताहरूको विकास गर्दै विश्वव्यापी एआई परिदृश्यमा नेपालले कसरी रणनीतिक रूपमा आफूलाई तयार गर्ने भन्नेबारेपनि गम्भीर छलफल आवश्यक भएको बताउनु भयो ।

नेपाली उद्यमी एवम आइटी क्षेत्रका व्यक्तिहरुसँग भएको अन्तरक्रियामा उहाँले नेपालमा डाटा सेन्टर सञ्चालन आफैंमा एक गहिरो प्राविधिक काम भएकाले सम्बन्धित निकायका व्यक्तिहरुलाई प्रारम्भिक चरणमा तालिम प्रदान गर्नुपर्ने बताउनु भयो ।

सो अवसरमा एनआईसीसीआईका सुनील केसीले सहभागीहरूलाई स्वागत गर्दै नेपाल र भारत बीच प्रविधिबाट संचालित योजनाहरुमा सहयोग आवश्यक रहेको बताउनु भयो ।

उहाँले सर्वम एआईलाई नेपालमा अवसरहरूको खोजी गर्न प्रोत्साहित गर्न, सहकार्य गर्न, नवप्रवर्तन नेतृत्वमा लगानी गर्न, ज्ञान हस्तान्तरण र बलियो प्रविधि साझेदारीलाई समर्थन गर्न सक्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य)सुमन शेखर र नेपाल विश्वविद्यालयका कुलपति डा।बिन्दुनाथ लोहनीले पनि सम्बोधन गर्नु भएको छ थिए।

सो अवसरमा व्यवसाय, सरकार, शिक्षा, स्टार्टअप र प्रविधि क्षेत्रका नेताहरूलाई एआई सहकार्य, डिजिटल पूर्वाधार, प्रतिभा विकास र क्षेत्रीय नवप्रवर्तनमा विशेष जोड दिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक बहुमुखी क्याम्पसमा ‘एकेडेमिया–इन्डस्ट्री डायलग प्रोग्राम’ सुरु

दमक,२९ जेठ । के केवल किताबी ज्ञान र सर्टिफिकेटले मात्रै आजको आधुनिक र प्रतिस्पर्धी बजारमा टिक्न सकिएला? पक्कै पनि सकिँदैन। यही यथार्थलाई बुझेर झापाको प्रतिष्ठित

नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

काठमाडौं,२९ जेठ । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआईका सह–संस्थापक डा।प्रत्यूष कुमारले उदयमान अर्थतन्त्र भएको देश नेपालले एआईका टुल्सहरु प्रयोगमा ढिला गर्न नहुने

काभ्रे बस दुर्घटना , १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

रामेछाप,२९ जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ । घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

काठमाडौं,२९ जेठ। सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट वाच स्थानीय प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाप्रति मोबाइल व्यवसायीहरूले आपत्ति

राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

काठमाडौं,२९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाबी गर्नु भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै

बालश्रम अन्त्यको प्रश्न अझै अनुत्तरित , सडकदेखि होटलसम्म उस्तै दृश्य

काठमाडौं,२९ जेठ । आज विश्व बालश्रम विरुद्ध दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ । यो दिवसका दिन