सिंहदरबार भित्रै लापरबाही

घुन लागेको दाल र फुटेको अण्डा खुवाउने क्यान्टिनलाई जरिवाना

काठमाडौं,३० जेठ । सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि विभागले सञ्चालकलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको हो ।

 

विभागले शुक्रबार गरेको अनुगमनका क्रममा क्यान्टिनमा १७ किलोग्राम घुन लागेको चनाको दाल, ११ किलोग्राम ओसिएको नेपाली बदाम तथा १४ वटा फुटेको अण्डा भेटिएको जनाएको छ। अनुगमन टोलीले करिब छ हजार पाँच सय ६० रुपैयाँ बराबरका ती अखाद्य तथा उपभोगका लागि अयोग्य सामग्री तत्काल नष्ट गरेको थियो।

 

उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने खाद्य सामग्री भण्डारण तथा बिक्रीका लागि राखिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्दै जरिवाना गरेको जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वकप सुरु नहुँदै बेलायती टोलीलाई झट्काः खेल सामाग्री नै चोरी!

एजेन्सी,३० जेठ । फिफा विश्वकपको गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । घटना फ्लोरिडामा

घुन लागेको दाल र फुटेको अण्डा खुवाउने क्यान्टिनलाई जरिवाना

काठमाडौं,३० जेठ । सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय

नेपाल–भारत सीमापार रेल्वे थप्नेबारे काठमाडौँमा उच्चस्तरीय छलफल

काठमाडौं,३० जेठ । नेपाल–भारत सीमापार रेलवे लिंकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूताबाससका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको

गृहमन्त्रीको एउटा घोषणाले देश तरंगित, अब खुल्ला त नारायणहिटीको रहस्य?

काठमाण्डौं,३० जेठ।नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंश नाश भएको उक्त घटना आजसम्म पनि रहस्यमय बनेर बसेको छ ।यसैबीच

सोलु जाने बाटो फेरिँदा सुनसान बन्यो ऐतिहासिक बाम्तीभण्डार

रामेछाप,३० जेठ । कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको

बुच्चाकोट बस दुर्घटना : ६ जना मृतकको सनाखत

रामेछाप,३० जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये छ जनाको सनाखत भएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको