अनुसन्धान जारी

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक नजिकको भित्री सडकखण्डमा आज (आइतबार) बिहान करिब ६ः१० बजे भएको दुर्घटनामा स्थानीय ५५ वर्षीया जयकुमारी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार बिग्रिएर रोकिएको बा.प्र.०३००१ ज ०७७६ नम्बरको ईभी हाईसलाई प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले टोचनको सहायताले बरहथवातर्फ तानेर लैजाँदै थियो। सोही क्रममा पैदल हिँडिरहेका बागमती–९ निवासी जयकुमारी देवी र बागमती–१० निवासी ४० वर्षीया पुनमदेवी यादवलाई ईभी हाईसले ठक्कर दिएको थियो । ईभी हाईसको ठक्करबाट दुवै महिला घाइते भएकी थिइन् । उनीहरुलाई उपचारका लागि वीरगञ्जतर्फ पठाइएको थियो ।

 

टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकी जयकुमारी देवीलाई थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते पुनमदेवी यादवको बाराकै कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ । घटनापछि अस्थायी प्रहरी पोस्ट सोल्टीबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।

साथै, ईभी हाईस चालक हरिवन नगरपालिका–७ निवासी ४० वर्षीय देवेन्द्र ठाकुर र अटो चालक बरहथवा नगरपालिका–१३ निवासी ३३ वर्षीय विकासकुमार झालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका जनप्रतिनिधिको ४ वर्ष चुनावी वाचा, कति भए पूरा?

दमक,३१ जेठ।स्थानीय तहको निर्वाचन भएको चार वर्ष पूरा भई पाँचौँ वर्ष अर्थात(अन्तिम वर्ष) सुरु भइ सकेको छ। ’सिंहदरबारको अधिकार गाउँ–गाउँमा’ भन्ने नाराका साथ निर्वाचित हुनुभएका

काठमाडौँलाई ’खुला सङ्ग्रहालय’ बनाइने

काठमाडौं,३१ जेठ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममार्फत काठमाडौंलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गर्ने योजना

कैलालीमा वन कर्मचारीद्वारा गुड्ने टेम्पो भीरमा खसालियो कि आफैं खस्यो?

कैलाली,३१ जेठ । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीहरुले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि वनका कर्मचारीको चर्को आलोचना भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी

“खेल क्षेत्र प्रदेश सरकारको उच्च प्राथमिकतामाः मुख्यमन्त्री कार्की“

विराटनगर,३१ जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । राष्ट्रपति रनिङ

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका