कैलाली,३१ जेठ । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीहरुले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि वनका कर्मचारीको चर्को आलोचना भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन् । वनका कर्मचारीले टेम्पो काम नलाग्ने थोत्रो अवस्थामा रहेको दावी गरेपनि पीडित परिवार भने सो टेम्पो चल्ने अवस्थामा रहेको बताउँछन् ।
पीडित परिवारले हरेक दिन घरबाट टेम्पोमा सामान ओसारेर गोदावरी नगरपालिका–४ स्थित गाइमरे भन्ने स्थानमा व्यापार गर्ने गरेका थिए । ‘टेम्पो राम्रो कण्डिसनमा थियो, हरेक दिन विहान–वेलुका सोही ट्याम्पो चलाएर घर आवतजावत गर्ने गरेका थियौं,’ पीडित धनादेवी धामीले भन्नु भयो,’ दिउँसो यात्रुले विश्राम गर्दा सो स्थानमा खाजा वेच्ने गरेका मात्र हौं । विहान–वेलुका सोही टेम्पोमा घर जाने गरेका थियौं, सामान पनि सोही टेम्पोमा बोक्ने गरेका थियौं ।’
धामीका अनुसार कर्मचारीहरूले टेम्पोभित्र रहेका सामान बाहिर निकालेपछि आफूले टेम्पो घरतर्फ लैजान आग्रह गरेको थिए । तर, कर्मचारीहरूले त्यसलाई बेवास्ता गर्दै टेम्पोलाई सडकबाट भीरमा खसालेका थिए । घटनापछि स्थानीयस्तरमा वन कार्यालयको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिएको छ । घटनाबारे डिभिजन वन कार्यालय कैलालीका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
विज्ञप्तिमा सामाजिक सञ्जालमा वन कर्मचारीले जानाजानी टेम्पो भीरबाट खसालेको भन्दै फैलाइएका सूचना भ्रामक भएको दाबी गरिएको छ । वन कर्मचारीहरूका अनुसार उक्त क्षेत्र चुरे अन्तर्गतको संवेदनशील वन क्षेत्र भएकाले लामो समयदेखि भइरहेका अवैध अतिक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन हुँदै आएको छ ।
संयुक्त विज्ञप्तिअनुसार भीरबाट खसेको भनिएको जीएसए टेम्पो चल्ने अवस्थामा नभएको, चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा धकेल्नसमेत कठिन हुने अवस्थामा रहेको थियो । उक्त टेम्पोलाई अतिक्रमित वन क्षेत्रमा पसल सञ्चालन गर्ने उद्देश्यले टहराको रूपमा प्रयोग गरिएको दाबी वन कर्मचारीहरूको छ ।
कर्मचारीहरूले करिब एक महिनाअघि अतिक्रमण हटाउने क्रममा उक्त टेम्पोका सञ्चालक घनश्याम धामीलाई संरचना हटाउन निर्देशन दिएको र अन्य १० वटा छाप्रा हटाइए पनि उनले अटेर गरेको उल्लेख गरेका छन् । त्यसबेला कर्मचारीहरूले टेम्पोलाई धकेलेर घरसम्म पु¥याइदिएको तर पछि पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
जेठ २९ गते पुनः अतिक्रमण हटाउने क्रममा टेम्पो हटाउन आग्रह गर्दा सम्बन्धित व्यक्तिले अस्वीकार गरेको र वन टोलीले बल प्रयोग गरी पन्छाउने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ । सोही क्रममा भिरालो भू–भाग र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई दुर्घटनावश भीरबाट खसेको दाबी वन कर्मचारीहरूको छ ।
कैलाली । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीहरुले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि वनका कर्मचारीको चर्को आलोचना भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन् । वनका कर्मचारीले टेम्पो काम नलाग्ने थोत्रो अवस्थामा रहेको दावी गरेपनि पीडित परिवार भने सो टेम्पो चल्ने अवस्थामा रहेको बताउँछन् ।
पीडित परिवारले हरेक दिन घरबाट टेम्पोमा सामान ओसारेर गोदावरी नगरपालिका–४ स्थित गाइमरे भन्ने स्थानमा व्यापार गर्ने गरेका थिए । ‘टेम्पो राम्रो कण्डिसनमा थियो, हरेक दिन विहान–वेलुका सोही ट्याम्पो चलाएर घर आवतजावत गर्ने गरेका थियौं,’ पीडित धनादेवी धामीले भन्नु भयो,’ दिउँसो यात्रुले विश्राम गर्दा सो स्थानमा खाजा वेच्ने गरेका मात्र हौं । विहान–वेलुका सोही टेम्पोमा घर जाने गरेका थियौं, सामान पनि सोही टेम्पोमा बोक्ने गरेका थियौं ।’
धामीका अनुसार कर्मचारीहरूले टेम्पोभित्र रहेका सामान बाहिर निकालेपछि आफूले टेम्पो घरतर्फ लैजान आग्रह गरेको थिए । तर, कर्मचारीहरूले त्यसलाई बेवास्ता गर्दै टेम्पोलाई सडकबाट भीरमा खसालेका थिए । घटनापछि स्थानीयस्तरमा वन कार्यालयको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिएको छ ।घटनाबारे डिभिजन वन कार्यालय कैलालीका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।