काठमाडौँलाई ’खुला सङ्ग्रहालय’ बनाइने

काठमाडौं,३१ जेठ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममार्फत काठमाडौंलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ।आइतबार महानगरको १९ औँ अधिवेशनमा कार्यवाहक नगर प्रमुख सुनिता डङ्गोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमार्फत पर्यटन प्रवर्धन गर्ने विशेष रणनीति समेटिएका छन्।

 

महानगरले काठमाडौंका मठ, मन्दिर, बहाल, बही, हिटी (ढुङ्गेधारा), पोखरी, गुम्बा र फल्चालगायतका प्राचीन संरचनाहरूको डिजिटल अभिलेखीकरण, मर्मत र जीर्णोद्धारमा जोड दिएको छ। कार्यवाहक नगर प्रमुख डङ्गोलले भन्नु भयो्, ‘हाम्रो समृद्ध इतिहास र सांस्कृतिक सम्पदाको संरक्षण नै पर्यटन विकासको मुख्य आधार हो । यी सम्पदाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा थप व्यवस्थित र आकर्षक बनाउनेछौँ ।’महानगरले पर्यटन क्षेत्रलाई चलायमान बनाउन विभिन्न नवीन कार्यक्रमहरू अघि सारेको छ । प्राचीन बस्तीहरूमा होमस्टे सञ्चालन गर्न स्थानीयलाई प्रोत्साहन गरिनेछ । यसले स्थानीय संस्कृति र परिकारको स्वाद लिन चाहने पर्यटकहरूलाई नयाँ अनुभव प्रदान गर्ने नीति तथा कार्यक्रमा उल्लेख छ ।

 

विदेशी पाहुनाहरूलाई समेत आकर्षित गर्ने गरी ‘अन्तर्राष्ट्रिय काठमाडौँ फिल्म फेस्टिवल’ आयोजना गरिनेछ । साथै, परम्परागत खाना महोत्सव र कला प्रदर्शनी (एक्सपो) मार्फत काठमाडौँको मौलिक कला र शिल्पको विश्वव्यापी प्रचार गरिनेछ। अन्तर्राष्ट्रिय चलचित्र पर्यटन प्रवद्र्धनमा प्रोत्साहन दिनेछ ।इन्द्रजात्रा र सेतो मच्छिन्द्रनाथ जात्राजस्ता महत्त्वपूर्ण सांस्कृतिक जात्राहरूको मार्गमा सम्पदा–मैत्री फुटपाथ निर्माणमा महानगरले विशेष प्रोत्साहन गर्ने भएको छ।

 

यस्तै, अमूर्त सांस्कृतिक सम्पदाहरू (जात्रा, पर्व, बाजा, सङ्गीत) लाई युनेस्कोको ‘आइसिएच’ सूचिमा समावेश गर्न पहल गर्ने योजना महानगरको छ । साथै, ‘येँ देय् सांस्कृतिक छें’ लाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ । महानगरले पर्यटन तथा सांस्कृतिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महानगरले ‘स्वनिगः विश्वविद्यालय’ स्थापनाका लागि नेपाल सरकारसँग समन्वय गर्ने भएको छ । यसका साथै, सहरलाई थप सुन्दर र वातावरणमैत्री बनाउन ‘चराचुरुङ्गीमैत्री’ अभियानअन्तर्गत पानी पात्र स्थापना गरिने र ऐतिहासिक ढुङ्गेधारा तथा पोखरीहरूको संरक्षणमार्फत जल–पर्यटनको अवधारणालाई अगाडि बढाउने नीति लिएको छ ।

 

काठमाडौँ महानगरपालिकाले अघि सारेका यी कार्यक्रमहरूले सहरको मौलिक पहिचान जोगाउँदै आन्तरिक र बाह्य पर्यटनमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका जनप्रतिनिधिको ४ वर्ष चुनावी वाचा, कति भए पूरा?

दमक,३१ जेठ।स्थानीय तहको निर्वाचन भएको चार वर्ष पूरा भई पाँचौँ वर्ष अर्थात(अन्तिम वर्ष) सुरु भइ सकेको छ। ’सिंहदरबारको अधिकार गाउँ–गाउँमा’ भन्ने नाराका साथ निर्वाचित हुनुभएका

काठमाडौँलाई ’खुला सङ्ग्रहालय’ बनाइने

काठमाडौं,३१ जेठ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममार्फत काठमाडौंलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गर्ने योजना

कैलालीमा वन कर्मचारीद्वारा गुड्ने टेम्पो भीरमा खसालियो कि आफैं खस्यो?

कैलाली,३१ जेठ । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीहरुले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि वनका कर्मचारीको चर्को आलोचना भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी

“खेल क्षेत्र प्रदेश सरकारको उच्च प्राथमिकतामाः मुख्यमन्त्री कार्की“

विराटनगर,३१ जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । राष्ट्रपति रनिङ

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका