कार्पेटहरुलाई कुल्चेर राष्ट्रवादलाई भुल्नु भएछ : पद्मा अर्याल

काठमाडौं,१ असार । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति असन्तुष्टि व्यक्त गर्दै भ्रमणका क्रममा राष्ट्रहित र राष्ट्रवादलाई बेवास्ता गरिएको आरोप लगाउनु भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसदभित्र र बाहिर विरोध भइरहेको अवस्थामा परराष्ट्रमन्त्री भारत भ्रमणमा गएको उल्लेख गर्नु भयो । उहाँले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहेका असमझदारीहरू हटाउन भ्रमण फलदायी हुने अपेक्षा गरेको गर्नु भएको छ ।

तर भ्रमणबाट अपेक्षित परिणाम नआएको उहाँको दाबी थियो । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर सदनमा संर्घष गरेका थियौं । बजेटमाथि छलफल गर्नुपर्ने थियो र समयमै बजेटलाई पास गर्नुपर्ने जिम्मेवारीलाई बोध गर्दै संघर्षलाई परिवर्तन गरेका हौं । मुलुकको प्रधानमन्त्रीले जुन खालको अभिव्यक्ति दिनुभयो त्यो गैरजिम्मेवार र राष्ट्रलाई नोक्सान हुने थियो । त्यस्तै परराष्ट्रमन्त्री छिमेकी मुलुक भारतको भ्रमणमा जानुभयो । हामी खुसी भएका थियौं । भारत भ्रमण गएर नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउनु हुनेछ भन्ने थियो । विद्यमान असमझदारी हटाउन सहयोग गर्ने विश्वास गरेका थियौं । तर दुर्भाग्यको कुरा उहाँ न्यानो अथित्यतामा रमाउँदै बिच्छ्याइएका कार्पेटहरुलाई कुल्चेर राष्ट्रवादलाई भुल्नु भएछ,’उहाँले भन्नु भयो ।

अर्यालले परराष्ट्रमन्त्री भारतको न्यानो आतिथ्यतामा रमाउँदै राष्ट्रवाद बिर्सिएको आरोप लगाउँदै राष्ट्रहित विपरीत गतिविधि भएको संकेत गर्नु भयो ।

उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आफूहरूले गैरजिम्मेवार र राष्ट्रलाई नोक्सान पुर्याउने खालको ठानेको उल्लेख गर्दै त्यसविरुद्ध एमालेले संसदमा संघर्ष गरेको पनि उहाँले बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु

बाहुनडाँगीका किसान हात्ती धपाउन ब्यास्त

झापा , १५ असार ।  दिनहुँ ४०–५० वटा जङ्गली हात्ती छावासहित गाउँ पसिरहेका छन्। चियाबारी र बस्तीमै दिनभर बस्ने हात्तीका कारण स्थानीयहरू ज्यान जोगाउन संघर्ष

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क!

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।

खासमा दही–चिउराको स्वास्थ्य फाईदा के ? जनस्वास्थ्यविद डा।उप्रेती के भन्नु हुन्छ, जान्नुहोस्

काठमाडौं,१५ असार । असार १५ अर्थात् दही–चिउरा खाने दिन नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको विशेष अवसर हो । धान रोपाइँको व्यस्त मौसममा शरीरलाई आवश्यक