संसद् भवनको निर्माण ढिलाइप्रति सभामुखको आक्रोश“अब हरेक दिन एक करोड जरिवाना तिराउनुपर्छ”

काठमान्डौं १ असार । राज्यका महत्वपूर्ण आयोजना समयमै सम्पन्न नहुँदा जनस्तरमा मात्र होइन, उच्च तहका नेतृत्वसमेत असन्तुष्ट बन्दै गएका छन् । त्यसैको पछिल्लो उदाहरण बन्नु भएको छ सभामुख डीपी अर्याल, जसले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको निरीक्षणका क्रममा निर्माण पक्षप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभयो ।

 

जेठ १५ गते यही भवनबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने लक्ष्य राखिए पनि संसद् हल अझै तयार नभएपछि सभामुख अर्याल आक्रोशित बन्नु भएको हो । संसद् सचिवालयका कर्मचारीहरूसहित निरीक्षणमा पुग्नु भएका उहाँले निर्माण कम्पनी र जिम्मेवार निकायलाई तत्काल काम सम्पन्न हुने निश्चित मिति दिन समेत निर्देशन दिनुभएको छ ।

सभामुखले अब पनि काममा ढिलाइ भए हरेक दिन एक करोड रुपैयाँ जरिवाना तिराउनुपर्ने अवस्था आउने चेतावनी समेत दिनु भएको छ । उहाँले सहरी विकास मन्त्री र मन्त्रालयका सचिवलाई तत्काल बोलाएर निर्माण कार्यको प्रगति र ढिलाइको कारणबारे जवाफ दिनसमेत निर्देशन दिनु भएको छ ।

 

निरीक्षणका क्रममा उहाँले निर्माण पक्षलाई लक्षित गर्दै भन्नु भयो “रातदिन काम गरेर भए पनि बोलेको कुरा पु¥याउनुपर्छ । बहाना मात्रै बनाइरहनुहुन्छ । तपाईंहरूले हामीलाई मात्र होइन, राष्ट्रलाई नै अपमान गर्नुभएको छ । अब मलाई स्पष्ट निष्कर्ष चाहिन्छ ।”

सभामुखको यो अभिव्यक्तिले राज्यका ठूला पूर्वाधार आयोजना निर्माणमा देखिने ढिलासुस्ती, कमजोर कार्यसम्पादन र जवाफदेहिताको अभावप्रति बढ्दो असन्तुष्टि उजागर गरेको विश्लेषण गरिएको छ । संसद् भवनजस्तो राष्ट्रिय गौरव र संवेदनशील संरचना नै निर्धारित समयभित्र सम्पन्न हुन नसक्दा सरकारी संयन्त्र, निर्माण कम्पनी र अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय